रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको छ। उनी भारतमा बैंक लुटेपछि नेपालमा लुकिछिपी बस्दै आएका थिए। पल शाहको हातमा हत्कडी भारतिय चर्चित नायिका श्वेता महराले लगाएकी हुन् र वास्तविक रुपमा नभई यो दृश्य भर्खर नेपालमा रिलिज भएको “बेली चमेली” बोलको गीतको भिडियोको हो।

 

बिशेष गरि भारतमा आफ्नो बेग्लै पहिचान बनाएको मशकबिन स्टुडियोजको प्रस्तुती, नेपालका चर्चित संगीतकार राजेन्द्र बजगाईको शब्द तथा संगीतमा भारतिय चर्चित गायिका स्वाती भाटको दमदार स्वर रहेको “बेली चमेली” बोलको गीत मशकबिन स्टुडियोज टिम च्यानलको नेपाली युट्युब च्यानल “मशकबिन नेपाल” मार्फत सार्बजनिक गरिएको हो। पछिल्लो समय संगीतकार राजेन्द्र बजगाईको गीत पुतलीले पनि सर्बाधिक चर्चा कमाएको छ भने मसकबिन स्टुडियोजको प्रस्तुती रहेको “मेरा सैंया जी” “चाहका होटल” “किरिम पाउडर” जस्ता भारतिय गीतहरु र गायीका स्वाती भाटको “राम दाईका होटल” “सिलामी” जस्ता थुप्रै भारतिय गीतहरुले नेपालमा पनि चर्चा कमाई सकेका छन् ।

 

सुरेश जोशि निर्माता रहेको यस गीतमा स्वाती भाटको आवाजमा बिनोद ढकालको र्यापले कमाल गराई दिएको छ भने संगीत संयोजन (उत्पादन) मुम्बईका चर्चित संगीत संयोजक निशाद चन्द्राको रहेको छ। गीतको मिक्स माष्टरिङ्ग बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल मनीभनन आनन्दन (मुम्बई) ले गरेका छन्।

 

नेपालका चर्चित कोरीयोग्राफर तथा निर्देशक कवीराज गहतराजको निर्देशन तथा कोरीयोग्राफीमा भारतिय चर्चित नायीका तथा मोडल श्वेता महराको दमदार अभिनय तथा नृत्य हेर्न पाईने छ भने नेपालका चर्चित रियल हिरो तथा मोडल पल शाहलाई बेग्लै किसिमले प्रस्तुत गराइएको कुरा गर्छन् निर्देशक कबिराज गहतराज। नेपाली नायक र भारतिय नायीकाको कोलाब्रेशन गरी काम गर्दा बिशेष रहेको बताएका निर्देशकले राज टाईगर, बिन्दु रसाईली, रेन्सीका खत्री, शुरक्षा तामाङलाई समेत एकैसाथ नृत्य तथा अभिनय गराएका छन् ।

 

गीतमा भारतमा ठुला ठुला बलिउड कलाकारका हेयर डिजाईन गरिसकेका चर्चित हेयर स्टाईलिस् बिवेक कुमार (भारत), ले हेयर डिजाईन गरेका छन् भने मेकअपमा शन्तु तामाङ र सरोज पान्डे, ड्रेस कुशुम बुटिक, प्रोजेक्ट म्यानेजर वेद शर्मा र अमिशा सुयाल (भारत), आर्ट जट्टा शंकर ,फोटोग्राफर रक कौशलले गरेका छन् ।

 

प्राय चलचित्रको पर्दाको लागी मात्र समय दिन सक्ने छायांकार (डिओपी) शुदिप बराल एण्ड टीमद्वारा छायांकन गरिएको यस गीतको भिडियो सम्पादन बन्दे प्रसाद, कलर रेनिस फागो र पोष्टर राकेश दहालको रहेको छ भने प्रोडक्सन अर्जुन पोखरेलले गरेका छन्।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...