उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” भब्य रुपमा सफल भएको छ। “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” को औपचारिक कार्यक्रममा अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।

 

औपचारिक कार्याक्रमको सञ्चालन दिनेश क्षत्री र राजेश ढकालले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिब पिएन सापकोटाले गरेका थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक  साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा केन्द्रिय बरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, केन्द्रिय प्रथम उपाध्यक्ष रामजी खाण, केन्द्रिय उपाध्यक्ष राजु ढकाल, केन्द्रिय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय उपाध्यक्ष कुलेन्द्र बिश्वकर्मा, केन्द्रिय सचिब देबी घर्ती, केन्द्रिय सचिब पिएन सापकोटा, केन्द्रिय सचिब प्रकाश सपुत, केन्द्रिय सहसचिब राज कुमार रायमाझी, केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी भुसाल, केन्द्रिय सदस्य सुजन लम्साल, केन्द्रिय सदस्य कुमार राना मगर, केन्द्रिय सदस्य दिनेश काफ्ले, केन्द्रिय जालुमाया गुरुङ, केन्द्रिय सदस्य सुशिला गौतम, केन्द्रिय सदस्य रिना थापा मगर, केन्द्रिय सदस्य उषा सुबेदी लगायत थुप्रै चर्चित कलाकारहरु, समाजसेबी र पत्रकारहरु र समन्वय समिती अन्तर्गत १० वटा समितीको बिशेष उपस्थिती रहेको थियो।

 

हरेक पदमा समझदारीमा लैजान नदिन खोज्दा पनि अन्य पदहरुमा समझदारी भएतापनि अध्यक्ष र सदस्य पदमा भोटिङ भएको थियो। चुनाबी माहोलमा गएपछि धेरै कलाकारहरुलाई मौसमका कारण र रात्रीकालिन समय भएकोले पनि केही असहज भएको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा अधिबेशन संयोजकको रुपमा केन्द्रिय उपाध्यक्ष राजु ढकाल रहेको थिए भने निर्वाचन अधिकृत अधिवक्ता हिमलाल गिरी रहेको थिए।

 

उक्त अधिबेशनबाट नयाँ कार्य समितीका लागी अध्यक्षमा प्रसाद लामिछाने निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा शर्मिला कंडेल, प्रथम उपाध्यक्षमा डोलराज बारघरे, द्वितीय उपाध्यक्षमा राजेश ढकाल, महिला उपाध्यक्षमा मिरा गोर्खाली, सचिवमा दिनेश क्षेत्री, कोषाध्यक्षमा साधुराम रोका, महिला सचिवमा डोल्मा लामिछाने, सहसचिवमा अञ्चल शाही, सहसचिवमा क्षितिज गुरुङ्ग, सह कोषाध्यक्षमा शैलेस राना मगर र सदस्यहरूमा मीना बुढाथोकी, विजय पुन, चेतन गोतामे, विशाल शोनी, सबिन कोके गुरुङ्ग, गोविन्द बिबश, विक्रम परियार, धनकाजी परियार, कामना वली, कुमार रणपहेली, प्रकाश गौतम, बसन्ती सुनारी मगर, गोकुल भट्ट, अनुजा पुडासैनी, सुमन थापा मगर, अस्मिता राना मगर, विमता घर्ती, सुनिता सुनार, सुनिता थापा मगर, सुष्मा शाही ठकुरी आदी निर्वाचित हुन सफल भएका भन्। हाम्रो तर्फबाट नवनिर्वाचित कार्यसमितीलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...