उपत्यका समन्वय समितीको पदस्थापना तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको पदस्थापना तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उपत्यका समन्वय समितीको पदस्थापना तथा अन्तरक्रिया कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।

सो कार्यक्रममा बिशेष अतिथीको रुपमा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय उपाध्यक्ष राधिका हमाल, केन्द्रिय उपाध्यक्ष कृष्ण रेउले, केन्द्रिय उपाध्यक्ष सुवास केसी, केन्द्रिय उपाध्यक्ष राजु ढकाल, केन्द्रिय उपाध्यक्ष खुमन अधिकारी, केन्द्रिय प्रथम उपाध्यक्ष रामजी खाँण, केन्द्रिय महासचिब शिब हमाल, केन्द्रिय उपमहासचिब शिरिष देबकोटा, केन्द्रिय सचिब पिएन सापकोटा, केन्द्रिय सचिब जिवन दाहाल, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, बरिष्ठ सर्जक एक नारायण भण्डारी, बरिष्ठ संगीतकार बसन्त सापकोटा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी भुसाल, चर्चित गायक राजन भुजेल, चर्चित गायिका सिता राना मगर लगायत थुप्रै कलाकारहरु र समन्वय समिती अन्तर्गतका १० वटै समितीको उपस्थिती रहेको थियो।

सो कार्यक्रममा समन्वय समितीका सचिब दिनेश क्षत्रीले कार्यक्रम सञ्चालन गरेका थिए। उक्त कार्यक्रम केन्द्रिय अध्यक्ष रिता थापा मगरले उद्घाटन गरेकी थिईन् भने समन्वय समितीकी बरिष्ठ उपाध्यक्ष शर्मिला कंडेलले स्वागत मन्तब्य राखेकी थिईन्। पदस्थापना तथा अन्तरक्रिया कार्यक्रममा नव निर्वाचित अध्यक्ष प्रसाद लामिछानेलाई निवर्तमान अध्यक्ष अर्जुन थापा मगरले खाता लगायत अन्य जिम्मेवारीहरु सुम्पिएर एक अर्काले अंकमाल गर्दै माया साटासाट गरेका थिए।

पदस्थापना तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा नव निर्वाचित अध्यक्ष प्रसाद लामिछानेले समन्वयको आफ्नै घर भन्ने अभियान सुरु गरेका छन्। यस कार्यमा धेरै ब्यक्तिहरुले साथ समर्थन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उपत्यका समन्वय समितीलाई नयाँ दिशा तिर र तिब्र गतीमा लैजाने नव निर्वाचित अध्यक्ष प्रसाद लामिछानेको योजना छ। पदस्थापना तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सम्पुर्ण ब्यक्तित्वहरुले नव निर्वाचित अध्यक्ष प्रसाद लामिछाने लगायत सम्पुर्ण नयाँ कार्य समितीलाई बधाई संगै शुभकामना पनि दिएका दिएका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...