शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ – नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन

काठमाडौं। विश्व हिन्दु युवा कलाकार संघ – नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। विश्व हिन्दु युवा कलाकार संघ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ कलाकार तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने विश्व हिन्दु युवा संघ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको बिशेष आतिथ्यता रहेको थियो।

 

विश्व हिन्दु युवा कलाकार संघ – नेपाल,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रममा कलाकार, पत्रकार र धार्मिक अभियन्ताहरुको बिशेष उपस्थिती रहेको थियो। बरिष्ठ कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ – नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन भएको छ। हिन्दु धर्मको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धनका निम्ती गठन भएको यस संस्थाले आगामी दिनमा देश तथा बिदेशमा पनि कार्यक्रमहरु गरी हिन्दु धर्मको प्रचार प्रसारमा टेवा पुराउने लक्ष्य राखिएको बताईएको छ।

 

शिवन पोखरेलको अध्यक्षतामा नव गठित यस कार्यसमितिमा उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पबित्रा आचार्य, कोषाध्यक्षमा आगामी बैठकबाट मनोनित गर्ने, सहकोषाध्यक्षमा पुस्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही, सदस्यहरुमा शितल केसी, सरिता राजोपाध्य, केशब अधिकारी, श्री थपलिया, दर्पण जिसी, दिनेश डाँगी, राज कुमार शाह, बबी रोजा ढकाल (बबिता), सुरज अधिकारी (सुर रक्स), राजु थापा, राम कृष्ण श्रेष्ठ, रबिना कार्की र प्रेस संयोजकमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” निर्वाचित भएका छन्।

 

नवनिर्वाचित कार्यत्र समितिको केही समयमै बैठक बसी बाँकी रहेका कार्यसमितीका केही पद तथा बिभागहरुलाई पुर्णता दिने र सल्लाहकार समिती पनि पहिलो बैठकबाट चनय गर्ने कुरा अध्यक्ष शिवन पोखरेलले जानकारी गराएका छन्। हिन्दु धर्ममा आस्था राख्ने कलाकार र हिन्दु धर्ममा बिश्वास गरी हिन्दु धर्मको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धनका निम्ती लागी पर्ने कलाकारहरुलाई यस कार्य समितिमा समाबेश गरिएको कुरा बताउनुका साथै पुर्बिय दर्शन, शिक्षा योग ,ध्यान कला संस्कृतीलाई पहिलो प्रथमिकता दिदै अन्य अन्तर्राष्ट्रीय समिति निर्माण हुने कुरा पनि संघका अध्यक्ष शिवन पोखरेलले जानकारी गराएका छन्। निकट भबिश्यमा पत्रकार सम्मेलन गरी बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने कुरा पनि उनले बताए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...