गायक रोहन रसाइलीको चर्चित गीत “उड्ने जहाजमा” को दोस्रो श्रृंखला सार्वजनिक

काठमाडौं । गायक रोहन रसाइलीको चर्चित गीत “उड्ने जहाजमा” को दोस्रो श्रृंखला सार्वजनिक भएको छ । परदेशीको दुःखी जीवनलाई मार्मिक रूपमा प्रस्तुत गरेको पहिलो भागको अपार सफलतापछि यसलाई परदेशी जीवनको भाग २ का रूपमा बजारमा ल्याइएको हो ।

पहिलो गीतबाट सुरु भएको सृंखलाबद्ध कथालाई निरन्तरता दिँदै नयाँ गीतले बदलिँदो देशको परिस्थिती, रोजगारीको अभावले परदेशिन बाध्य आम नेपालीको जीवन संघर्षलाई उजागर गरेको छ । दुःख, पीडा र विछोडका बीच पनि सुन्दर भविष्यको आशा बोकेर बाँच्नुपर्ने भाव गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

केही दिनको छुट्टीमा घर फर्किएर परिवारसँग बिताएका रमाइला क्षण र फेरि फर्किनुपर्ने पीडासँगै परदेशीको अदृश्य आशालाई पनि गीतले समेटेको छ । शंकर बराइलीको शब्द तथा लय रहेको गीतमा देबेश राईले संगीत संयोजन गरेका छन् । लोकप्रिय गायिका करुणा राई र रोहन रसाइलीको स्वर रहेको यो गीत त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ–माष्टरिङ राजकुमार बगरले गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि उत्तिकै प्रभावशाली बनेको छ । एयरपोर्टदेखि घरसम्म र प्रवासका जीवन्त कथालाई समेटिएको भिडियो समिर थोकरको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायक रोहन रसाइली, गायिका करुणा राई र शोभा रसाइलीको अभिनय देख्न सकिन्छ ।

विक्रम गौतमको श्रृंगार, कमानसिं राईको म्यानेजमेन्ट तथा रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोको सम्पादन विरबहादुर थारुले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियो करुणा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल लिन्कमा क्लिक गर्नुहोस:

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...