रश्मिलाज फेसियल हाउसको हात्तिगौडा शाखा उद्घाटनसँगै १८ औँ वार्षिकोत्सव मनाइयो

काठमाडौँ । रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सवको अवसरमा हात्तिगौंडामा छैटौँ शाखाको उद्घाटन गरेको छ । पुष १० गते बिहीबार काठमाडौँको हात्तिगौँडामा ‘रश्मिलाज फेसियल हाउस’को छैटौँ शाखा शुभारम्भ गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता एवं अभिनेत्री एवम् निर्देशक दिपाश्री निरौला र अभिनेत्री बेनिशा हमालको विशिष्ट आतिथ्यतामा हात्तिगौँडा शाखाको उद्घाटन गरिएको हो ।

 

दुई दशक भन्दा लामो समय अमेरिका बसेकी समी रेग्मी अधिकारीको सहकार्यमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ र प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले यो शाखा सञ्चालनमा ल्याएका हुन् ।

 

कार्यक्रमका प्रमुख अतिथि एवम् बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने रश्मिलाज फेसियल हाउसको सेवाबाट आफू लामो समयदेखि आकर्षित भएको बताए । नयाँ शाखाको सफलताको कामना गर्दै उनले सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउस एउटा ब्रान्ड बनेको बताए ।

चलचित्र अभिनेत्री बेनिशा हमालले पनि काठमाडौँ मलमा आफूले सेवा लिएको रश्मिलाज फेसियल हाउसको आज छैटौँ शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् ।
अर्की अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले पनि रश्मिला, प्रकाश र समीलाई छैटौँ शाखाको रुपमा नयाँ आउटलेटको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू रश्मिलाज फेसियल हाउसबाट लामो समयदेखि आफूले सौन्दर्य सम्बन्धी सेवा लिँदै आएको बताइन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठले १८ वर्ष अघि क्रिसमसकै दिन काठमाडौँको सुन्धारा स्थित काठमाडौँ मलबाट ‘रश्मिलाज फेसियल हाउस’ सुरु गरिएको बताइन् । काठमाडौँ मलको दुई वटा ब्रान्चसँगै सिभिल मल, गोँगबुको बिजी मल, बालाजु बसपार्कको बुद्ध मलको सफलतपछि रश्मिलाज फेसियल हाउसलाई बिहीबारबाट हात्तिगौँडामा छैटौँ आउटलेटको रुपमा सञ्चालनमा ल्याएको रश्मिलाले बताइन् । अब चाँडै यसको अरु शाखा

 

काठमाडौँ बाहिर र विदेशमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले बताइन् ।
नेपालमै केही गर्न सकिन्छ भनेर अमेरिकाबाट नेपाल आएर रश्मिलाज फेसियल हाउस, हात्तिगौडा आउटलेडको आफूले शाखा बिस्तार गरेको कार्यक्रममा समी रेग्मी अधिकारीले बताइन् । कार्यक्रम गायिका तथा प्रस्तोता मन्जु पौडेलले सञ्चालन गरेकी थिइन् ।

 

१८ औँ वार्षिक उत्सवको अवसरमा कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला सबै शाखाका कर्मचारी, ब्युटिसियन, हेयर स्टाईलिस्ट तथा मेकअप आर्टिस्टहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित अतिथि एवं सञ्चारकर्मीहरुलाई मायाको चिनो एवं गिफ्ट ह्याम्परसमेत प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...