अर्जुन तिरुवाको नयाँ गीत “लाग्नै छाड्यो भर” सार्वजनिक
वि.सं.२०८२ पुस १६ बुधवार ०४:१४
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अर्जुन तिरुवाको नयाँ गीत “लाग्नै छाड्यो भर” सार्वजनिक भएको छ।
यस गीतमा जिवन बडु र प्रिती रिमालको स्वररहेको छ भने सुजन बाबु गुरुङको शब्द, जिवन बडुको संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ। गीतको भिडियोमा सुजन बाबु गरुङको निर्देशन रहेको छ भने अमन बडुको छायांकन र सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा अर्जुन तिरुवा, पबिना परियार र बिमला लामाको अभिनय रहेको छ। यस गीतलाई अर्जुन तिरुवाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ पुस १६ बुधवार ०४:१४















