स्मारिका ढकालले अभिनय गरेको बिबादित गीत “एमाले हुँ म” सार्वजनिक
वि.सं.२०८२ माघ २३ शुक्रवार १६:१०
काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको छ। चुनाबी महोल बढेसंगै कस्ले बाजी मार्ला त भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ। यसैक्रममा चर्चित मोडल स्मारिका ढकालले अभिनय गरेर उनी बिबादित बनेको गीत “एमाले हुँ म” चुनाबी गीत केही दिन अघी सार्वजनिक भएको छ।
स्मारिका ढकालले एमालेको चुनाबी गीतमा अभिनय गरेपछि उनले दर्शकहरु माँझ माफी मागेकी थिईन्। स्मारिका ढकाल बिबादित बनेको गीत “एमाले हुँ म” गीतमा कुशल बेलबासे, पुर्णकला बिसी, बैकुण्ठ महत, पबित्रा काफ्ले, सुजन लम्साल, प्रसाद लामिछाने आदीको स्वर रहेको छ।
गीतमा सुजन लम्सालको शब्द, संगीत रहेको छ भने डोलराज बारघरे मगरको एरेञ्ज, कुमार राना मगरको मिक्सिङ रहेको छ। सो गीतको भिडियोमा राज कुमार मगरको निर्देशन, सम्पादन रहेको छ भने प्रकाश खड्काको छायांकन रहेको छ।
उक्त गीतको भिडियोमा स्मारिका ढकाल र कृष क्षत्रीको अभिनय रहेको छ। यस गीतलाई सुजन लम्सालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। स्मारिका ढकाल के कारणले बिबादित बनिन् त ? हेर्नुहोस् भिडियो।
वि.सं.२०८२ माघ २३ शुक्रवार १६:१०















