“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

काठमाडौं । “१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला गरिएको छ । म्युजिक खबरको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन गइरहेको १३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ को आवेदन फाराम खुला गरिएको हो । विगत १३ वर्षदेखि निरन्तर हुँदै आइरहेको यस अवार्डमा आफ्ना सिर्जनाहरुलाई सहभागी गराउन एभेन्टोज नेपालको यस
https://service.aventoz.com/formBooking/694bb776547fa1766569846 लिंकमा क्लिक गरेर गीत सहभागी गराउन सक्नुहुनेछ भने सिधै म्युजिक खबरको कार्यालयमा उपस्थित भएर पनि सहभागी गराउन सक्नुहुनेछ ।

१३ औं म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ३६ विधा सहभागी गराउँदै आइएको छ । मुलुकको प्रतिष्ठित र प्रतिक्षित अवार्ड म्यूजिक खबर म्यूजिक अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिक र कलाकारहरुलाई आयोजक संस्थाले अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डमा २०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई समावेश गरिनेछ ।

 

अंग्रेजी वर्ष २०१२, बाट सुरु भएको यो अवार्डले निरन्तर रुपमा २०२६ सम्म आइपुग्दा ६ भन्दा बढी कलाकारलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । संगीत क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । नेपाली गीत संगीतलाई आत्मसात गर्दै कलाको यस माध्यमबाट राम्रोभन्दा राम्रो गीत संगीतको सिर्जनामा बृद्धि होस्, नेपाली मौलिक गीतसंगीतले प्रश्रय पाओस् र हाम्रो प्रयासबाट गीतसंगीतको क्षेत्रमा अघि बढेका सिर्जनशील व्यक्तित्वहरुलाई अझ प्रोत्साहन पुगोस् र गीतसंगीतको विकासमा योगदान पुगोस् भन्ने हेतुले आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले जानकारी दिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...