घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ २५ गतेका दिन बर्दियाको गुलरिया वडा नं.१ मा जन्मिएकी टिका जैसी पछिल्लो समय की ब्यस्त र चर्चित मोडल हुन्। उनले हाल सम्म २ सय भन्दा बढी गीतमा मोडलिङ गरिसकेकी छिन्। हात लाग्यो सुन्य गीतबाट २०७१ सालमा सांगीतिक क्षेत्रमा औपचारिक रुपमा प्रबेश गरेकी हुन्। उनले अभिनय गरेका गीतहरु कला चल्यो गला चल्यो मान्छे चलेन, धिपी धिपी बत्ती, लाली जोबन मेरो खाली जोबन, वहेलपुरे, डालीमा पुतली, जमिनै थकाईदेउ, रुन लेखेको, मेरो को छ र, भुरु भुरु, पासो, माईती देश सम्झेर लगायत दर्जनौ गीतहरु चर्चामा रहेका छन्।

 

उनी हाल मोडलिङ र नेपालका मेला महोत्सवहरुमा ब्यस्त छिन्। सानै देखी चञ्चले स्वभाब की उनी गाँउमा कही कतै बिवाह, ब्रतबन्ध भयो भने घरबाट भागी भागी नाच्न जान्थीन्। घरबाट भागी भागी नाच्न जान लागेको थाहा पाएपछि बुवाले छोरीको नाच्ने रहर पुरा गर्नका लागी भैली खेल्न, बिाह, ब्रतबन्ध तथा अन्य कार्यक्रमहरुमा लगेर जानुहुन्थ्यो। टिका जैसी स्कुले जिवनमा नृत्य प्रतियोगितामा भाग लिने गर्थिन्। प्रतियोगितामा उनी धेरै पटक प्रथम हुने गर्थिन्। सानै देखी मोडलिङ गर्ने ईच्छा भएकी उनी आफ्नो सपना पुरा गर्नका लागी २०७१ सालमा काठमाडौं प्रबेश गरेकी थिईन्। चर्चित गायिका पुर्णकला बिसीले सांगीतिक क्षेत्रमा प्रबेश गराएको कुरा उनी बताउछिन्।

 

उनको पहिलो गीत हात लाग्यो सुन्यमा पुर्णकला बिसी र पशुपती शर्माको स्वर रहेको थियो। चर्चित मोडल टिका जैसीलाई फिल्महरुबाट पनि अवसर नआएका होईनन्। तर नायिका बन्ने चाहना नभएको भन्दै उनले नायिका बन्ने अवसरलाई सिधै अस्विकार गरेकी थिईन्। म जे छु त्यसैमा रमाउन चाहन्छु, पहिला नै ठुलो भाग खोज्न चाहन्न।

 

नायिका बन्नका लागी योग्य छैन म उनले भन्छिन्। जैसीले लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी, लोकप्रिय निर्देशक स्मृती तिमिल्सिना (गुरु आमा), चर्चित निर्देशक प्रकाश भट्ट लगायत धेरै निर्देशकहरु सँग उनले काम गरिसकेकी छिन्। नयाँ पुराना सबै कलाकार तथा निर्देशकहरु सँग काम गर्छु। फरक फरक ब्यक्ति सँग काम गर्दा फरक अनुभब हुन्छ उनले भन्छिन्।

 

आगामी दिनमा मोडलिङ र कलाकारितालाई नै निरन्तरता दिने उनको सोच रहेको उनले बताएकी छिन्। टिका जैसीले साधना म्युजिक अवार्ड, नाट्यश्वरी म्युजिक अवार्ड, छाँयाछबी म्युजिक अवार्ड, सुन्दरादेबी म्युजिक अवार्ड, राष्ट्रिय लोक दोहोरी अवार्ड, एपिक नेपाल म्युजिक अवार्ड प्राप्त गर्न सफल भएकी छिन् भने म्युजिक खबर अवार्डमा कलाकारिता सम्मानद्धारा सम्मानित भएकी थिईन्।

 

उनी भन्छिन् “कलाकार बन्नलाई धेरै संघर्ष गर्नुपर्छ। नयाँ कलाकारहरुले केही सिकेर आउदा राम्रो हुन्छ। कलाकारितामा क्षणिक बिक्नु भन्दा लामो समय टिक्ने गरी काम गर्नुपर्छ। निरन्तरर आफ्नो कर्म गरेपछि एकदिन अवश्य सफल भईन्छ। भाईरलको पछि लाग्नु हुन्न। भाईरल त क्षणिक मात्र हो। अहिलेको जमाना भाईरलको छ। कला भन्दा बढी चर्चितकला बिक्छ। वास्तविक कला, प्रतिभा भएका कलाकारहरुलाई माया गरिदिनुहोस्। कलाकारहरुलाई बाच्ने आधार बनाईदिुहोस् भनेर दर्शकहरुलाई अनुरोध गर्दछु।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...