बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक
वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१
काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा ईन्दिरा सानु थापाको पृथक गीत “हिमाली पाखैमा” सार्वजनिक भएको छ।
“हिमाली पाखैमा” गीतमा प्रेमिल जोडीहरुको कथा समेट्ने कोसिस गरिनुका साथै राधाकृष्ण, मुनामदन को जोडीको तारिफ पनि गरिएको छ। राधाकृष्ण र मुना मदनको जस्तो जोडी बनाउने कुरा समाबेश गरिएको छ। साचो प्रेम सधै अमर रहन्छ भन्ने कुरा यस गीतले सन्देश दिन खोजेको पाईन्छ।
यस गीतमा बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वर रहेको छ भने कृष्ण रेउले कै शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफी रहेको छ भने दिनेश पराजुलीको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा ईन्दिरा सानु थापा र पुर्ण बहादुर गन्धर्वको अभिनय रहेको छ। यस गीतलाई कृष्ण रेउलेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१














