म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “वार्षिक कार्यतालिका सहितको क्यालेन्डर (भित्तेपात्रो) बिमोचन, बिशिष्ट तथा बरिष्ठ कलाकारहरुलाई परिचय पत्र तथा सल्लाहकार नियुक्त कार्यक्रम” भब्य रुपमा सम्पन्न भएको छ। सो कार्यक्रम काठमाडौंको अनामनगर स्थित सिलौटो कटेजमा बैशाख १८ गतेका दिन म्युजिक भिडियोमा अभिनित कलाकारहरुको बिशेष उपस्थितीमा भब्य रुपमा सम्पन्न भएको हो।

 

यस कार्यक्रममा म्युजिक भिडियो कलाकार संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सुनिल लामिछानेको अध्यक्षता रहेको थियो भने नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपती प्राज्ञ शम्भु राईको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी बरिष्ठ लोक गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुर्गा रायमाझी, बरिष्ठ निर्देशक बाबुराजा केसी (उज्जवल), प्रस्तोता समाजका अध्यक्ष नरहरी प्रेमी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिब पिएन सापकोटा, अग्रज नायक धिरेन शाक्य, अग्रज कलाकार सुरबिर पण्डित (दाह्री बा), अग्रज कलाकार बिनोद श्रेष्ठ, अग्रज कलाकार कृष्ण रसाल, चर्चित नायक सबिन श्रेष्ठ, चर्चित नायक पल शाह, चर्चित कलाकार तथा सञ्चारकर्मी अशोक धिताल लगायत चर्चित कलाकारहरुको बिशेष आतिथ्यता रहेको थियो।

 

सो कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिब सनम कथायतले गरेका थिए। प्रमुख अतिथीको रुपमा रहेका नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपती प्राज्ञ शम्भु राईले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन्। म्युजिक भिडियो कलाकार संघ नेपालको वार्षिक कार्यतालिका सहितको क्यालेन्डर (भित्तेपात्रो) लाई प्रमुख अतिथी सहित बिशष्ट अतिथीहरुले सामुहिक रुपमा भित्तेपात्रोलाई शो गरेर बिमोचन गरेका थिए। सोही अवसरमा म्युजिक भिडियो कलाकार संघ नेपालको सल्लाहकारहरुमा बाबुराजा केसी (उज्ववल), हरी डाँगी, कृष्ण कंडेल, शिवन पोखरेल, घनश्याम आचार्य, शेषकान्त पुरी, शेमन्तमर्ण खराल (कानुनी सल्लाहकार), देबेन्द्र बजगाई आदीलाई मनोनयन गरी सम्मान पनी गरिएको थियो।

 

उक्त कार्यक्रममा बिशिष्ट कलाकारहरुको रुपमा भुवन केसी, राजेश हमाल, धिरेन शाक्य, शंकर बिसी, झरना थापा लाई सम्मान गरिनुका साथै बिशिष्ट कलाकारको परिचय पत्र पनि बितरण गरिएको थियो भने बरिष्ठ कलाकारहरुको रुपमा अञ्जु निरौला, सम्झना बुढाथोकी, सबिन श्रेष्ठ, पल शाह, बिनोद श्रेष्ठ, अशोक धिताल, रञ्जन रिजाल, शिरु बिष्ट, सरबिर पण्डित, पुष्प खड्का आदीलाई सम्मान गरिनुका साथै बरिष्ठ कलाकारको परिचय पत्र बितरण गरिएको थियो। साथै म्युजिक भिडियो कलाकार संघ नेपालबो तर्फबाट ब्रेन ट्युमरको बिरामी दुर्गा भट्टलाई उपचारार्थ खर्च सहयोग स्वरुप १२,५००/-रुपैयाँ पनि प्रदान गरिएको थियो।

 

कार्यक्रममा सन्ध्या सानुले स्वागत मन्तब्य राखेकी थिईन् भने दुर्गा रायमाझी, नारायण रायमाझी, नरहरी प्रेमी, धिरेन शाक्य, पल शाह लगायत थुप्रै कलाकारहरुले मन्तब्य राखेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...