नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा चर्चित सर्जक नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक भएको छ।

यस गीतमा धौलागिरीको काख बागलुङको बलेवा स्थित ढकाल टोलको ईतिहास देखी हाल: सो टोल रित्तिदै गएको र मानव बस्ती समेत कम भएको कुरा उल्लेख गर्दै ईन्टरनेटको जमानामा चिठी किन पठाउने हो र भन्ने बिषयलाई बिशेष महत्व दिईएको छ।

आजकल विकट ठाँउ बाहेक गाँउ तथा शहरमा ईन्टरनेट बढी प्रयोग भएको पाईन्छ। ईन्टरनेट र सामाजिक सञ्जाल बिना धेरैको दिनचर्या बित्न गाह्रो छ। यस्तै कुराहरुलाई समेट्दै प्रेमी प्रेमिका बिचको सम्बन्धलाई गीत मार्फत प्रस्तुत गरिएको पाईन्छ। नकुल ढकाल (नबिन) धौलागिरीको काख बागलुङको बलेवा स्थित ढकाल टोलमा जन्मिएर म्याग्दीको बेनी बजारमा सोलार र बिजुलीजन्य ब्यवसाय गर्दै आईरहेको छन्।

ढकाल परिवार हाल म्याग्दीको बेनी बजारमा नै बसोबास गर्दै आईरहेका छन्। “चिठी के पठाम” नामक गीतमा नकुल ढकाल (नबिन) र उनकै सुपुत्री नबिना ढकालको स्वर रहेको छ भने नकुल ढकाल (नबिन) को शब्द र लोकप्रिय संगीतकार तथा गायक बसन्त थापाको संगीत रहेको छ।

सो गीतको भिडियोमा प्रशान्त मगरको निर्देशन तथा कोरियोग्राफी, करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा नबिन ढकाल (नबिन) र जुना बिश्वकर्माको अभिनय रहेको छ। “चिठी के पठाम” गीतलाई नकुल ढकाल (नबिन) को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...