उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने भएको छ। सो प्रतियोगिता ललितपुरको महालक्ष्मीस्थान स्थित साथीको रोधीघरमा सम्पन्न भब्य रुपले सम्पन्न हुँदै छ। मौलिक तथा लोपोन्मुख लोक संस्कृतीको जगेर्नाको निमित्त सो प्रतियोगिता गर्न लागिएको हो।

सोही संस्थाका पुर्व अध्यक्ष तथा गायक सुजन बराईलीको कार्यकालबाट सुरुवात गरिएको “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई वर्तमान अध्यक्ष बेलीमाया पुलामीको कार्यसमितिले निरन्तरता दिन लागेको हो। सो प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले मात्र भाग लिन पाउने छन्। प्रतियोगितामा प्रतियोगीले पहिलो चरणमा आफुले चाहेको गीत गाउन पाउने छ भने दोस्रो चरणमा निर्णायकले दिएको गीत गाउनुपर्ने हुन्छ।

“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” मा केन्द्रिय उपाध्यक्ष राजु ढकाल निर्णायक संयोजकको रुपमा रहने छन् बरिष्ठ गायिका सीता थापा, चर्चित गायिका देबी घर्ती मगर, चर्चित गायिका जुना श्रीष मगर र चर्चित गायक राम कुमार नेपाली निर्णायकको रुपमा रहने छन्। “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” को अवसरमा बरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई लोक स्रष्टा सम्मानद्धारा सम्मान गरिने भएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्धितिय पुरस्कार २० हजार रुपैयाँ र तृतिय पुरस्कार १० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु, संगीतपे्रमी महानुभाबहरु, पत्रकारहरु र समाजसेबीहरुको बिशेष उपस्थिती रहने छ।

“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई आर्थिक, नैतिक, भौतिक रुपले आफुले सकेको सहयोग गरी सभ्य तथा भब्य रुपमा सफल बनाईदिनका लागी उपत्यका समन्वय ललितपुर समितिकी अध्यक्ष बेलीमाया पुलामीले अनुरोध गरेकी छिन्। बिस्तृत जानकारीका लागी ९८५१०६९५०३ र ९८५११९५२९० मा सम्पर्क गर्न सकिने छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...