उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त प्रथम, द्धितिय, तृतिय ?

काठमाडौं। नेपाली लोक कला, संस्कृतीको जर्गेना, संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने उदेश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा जेठ २३ गतेका दिन “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३”  भब्य रुपमा सम्पन्न भएको छ। यस प्रतियोगितामा सोही समितिकी अध्यक्ष बेलिमाया पुलामीको अध्यक्षता रहेको थियो भने प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, बरिष्ठ लोक गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, ईन्द्रेणी फाउन्डेशनका कृष्ण कंडेल, बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष राजु ढकाल, प्रतिष्ठान की सचिब देबी घर्ती मगर, प्रतिष्ठान की केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष अर्जुन थापा मगर, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ रंग पत्रकार सुमन बैरागी (पण्डित), चर्चित मोडल तथा निर्देशक शिवन पोखरेल, अग्रज पत्रकार कालिका महत, म्युजिक खबरकी सम्पादक सबिता पोखरेल, बिशाल चौतारीका पत्रकार तथा सञ्चालक बिशाल राई, महिला नौमती पञ्चेबाजा समुह की अध्यक्ष जानुका पौडेल, समाजसेबी विकाश पन्त, समाजसेबी शिब गुरुङ, उपत्यका समन्वय समितिकी बरिष्ठ उपाध्यक्ष शर्मिला कंडेल, चर्चित गायक एबं सर्जक राम कुमार नेपाली, १० वटै समितिका अध्यक्ष तथा प्रतिनिधी तथा कलाकार र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। तेस्रो एकल लोक गायन प्रतियोगिता २०८३ मा औपचारिक कार्यक्रम ललितपुर समितिका सचिब भरत परियारले सञ्चालन गरेका थिए भने प्रतियोगिताको कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा ललितपुर समितिका पुर्व अध्यक्ष तथा संरक्षक राज कुमार रायमाझीले सञ्चालन गरेका थिए।

 

“तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” को अवसरमा बरिष्ठ लोक गायिका शर्मिला गरुङलाई राष्ट्रिय लोक स्रष्टा सम्मानद्धारा सम्मान गरिएको थियो। उक्त प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले भाग लिएका थिए। उपत्यका समन्वय समितिद्धारा आयोजित “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” मा चाबहिल समितिका दिनेश परियार प्रथम, अनामनगर समिति की खुश्बु सुनार द्धितिय, ठमेल समितिका जिपी सुन्दास तृतिय हुन सफल भएका थिए। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्धितिय पुरस्कार २० हजार रुपैयाँ, तृतिय पुरस्कार १० हजार रुपैयाँ निर्धारण गरिएको थियो। प्रतियोगिताको प्रथम पुरस्कार ललितपुर समितिका संस्थापक अध्यक्ष तथा संरक्षक उदय भट्टराईले प्रायोजन गरेका थिए भने द्धितिय पुरस्कार बराह ज्वेलस की सञ्चालिका तथा ललितपुर समिति की संस्थापक सल्लाहकार मनिषा कार्की र तृतिय पुरस्कार ब्रेभ गोर्खा म्यान पावर सर्भिसले प्रायोजन गरेको थियो।

 

“तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” को अवसरमा ललितपुर समितिका सल्लाहकारहरु र पुर्व अध्यक्ष तथा संरक्षकहरु, कलाकार, समाजसेबी, पत्रकारहरुलाई सम्मान गरिएको थियो। “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” मा ललितपुर समितिका सहसचिब सन्देश अधिकारीले बाध्यबादन संयोजकको भुमिका निर्वाह गरेका थिए भने ललितपुर समितिका प्रथम उपाध्यक्ष पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले ब्यवस्थापन तथा मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए। सो प्रतियोगितामा प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष राजु ढकाल निर्णायक संयोजकको रुपमा रहेको थिए भने प्रतिष्ठान की सचिब देबी घर्ती मगर, प्रतिष्ठान की केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष अर्जुन थापा मगर र चर्चित गायक एबं सर्जक राम कुमार नेपाली निर्णायकको भुमिकामा रहेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वि.सं.२०८३ भदौ २० शनिवार ०८:१४

काठमाडौं । चर्चित गायक एबं संगीतकार वसन्त थापा र गायिका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...