अब तपाईँको गीत संगीतको रोयल्टी तपाईंकै ड्यासबोर्डबाट।
वि.सं.२०८३ जेठ २६ मंगलवार ०९:५९
सुरेश चन्द्र अधिकारी
अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपाल
काठमाडौं।
उन्नाइसौँ रोयल्टी स्थापनाको अवसर पारेर झन्डै ५५ लाख रुपैयाँ भन्दा बढी स्रष्टा सर्जक ज्यूहरूलाई रोयल्टी प्रदान गरिएको छ। नेपालको रोयल्टीको इतिहासमा वितरणको वैज्ञानिक प्रणालीलाई पूर्ण पारदर्शिताका साथ पहिलोपल्ट यति रकम बाँडिएको हो। वितरण भएको रोयल्टी “जति बज्यो त्यतिकै रोयल्टी” भन्ने सिद्धान्तमा आधारित छ। डाटा व्यवस्थापन प्रणालीले गीतको बजाई, सङ्ख्या, समय र स्थानका आधारमा वैज्ञानिक हिसाब गरेको छ। कसैलाई अन्याय नहोस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो। संकलित रकम मध्ये कानुन विधान र कार्यविधि बमोजिम प्रशासनिक खर्च कटाएर बाँकी शुद्ध रकम आज स्रष्टाहरूको हातमा पुर्याइ सकेका छौँ।
आदरणीय श्रष्ठा तथा सर्जक ज्यूहरू हामी १९ औ वर्षगाठ मनाइरहँदाखेरि विगतका दिनहरूमा केही भएन भन्नु त्यो अत्यन्त न्यायसंगत नहुन सक्दछ, तर १९ वर्षमा नभएका केही महत्वपूर्ण कार्यहरु हामीले छोटो समयमा सम्पन्न गरेको कुरा यहाँहरु समक्ष गौरव राख्न चाहन्छु। फेसबुक टिकटक युट्युब जस्ता डिजिटल प्रविधिबाट प्राप्त रकम समेत तपाईँको स्वयम ड्यासबोर्डमा हेर्न सक्नुहुन्छ आफ्ना सिर्जनाहरू कुन कुन पोर्टलमा कसरी कहाँ बजिरहेका छन् त्यो पनि आफ्नै ड्यासबाट ड्यासबोर्डबाट प्रष्ट जानकारी पाउन सकिन्छ। त्यहाँभन्दा पारदर्शिता अन्य के हुन सक्दछ ? अब तपाईँको डिजिटल रोयल्टी के कति प्राप्त भयो आफ्नै इलेक्ट्रोनिक डिभाइस मार्फत तपाईंको ड्यासबोर्डबाट हेर्न सक्नुहुन्छ। खुसीको कुरा पहिलोपल्ट वैज्ञानिक प्रणाली कार्यविधिका आधारमा डोमेष्ट्रिक रोयल्टी वितरण गर्न गरिएको छ। सदस्यता लिएको आधारमा ३० %, योगदानका आधारमा गीतको संख्या ३५% , पूर्ण सदस्यहरूको आधारमा ५% , ३० वर्षभन्दा माथि गीत संगीत क्षेत्रमा दिएको योगदानका आधारमा ७.५%, डिजिटल प्रविधिबाट प्राप्त रेकर्डको आधारमा १५%, रिसिप्रोकल सम्झौता भएका शिष्ट सोसाइटीहरूलाई सम्मान स्वरूप वितरण ७.५% गरिएको छ।
उठ्नुपर्ने रोयल्टी नउठेको तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग गर्नुपर्ने सन्धि सम्झौता नगरेका कारणले पनि हाम्रो संस्था आर्थिक दलदलका कारण कुनै समय खारेजी हुने अवस्थामा पुगेको पनि अवस्थाको जानकारी गराउन चाहन्छु तर तर सुरेश चन्द्र अधिकारी ज्यू अध्यक्ष भएर आए पश्चात बी पाण्डे अर्थात् बद्री पाण्डे महासचिवको पहलमा डिजिटल एग्रिमेन्ट भएपश्चात फेसबुक टिकटक युट्युब जस्ता डिजिटल माध्यमबाट रकम प्राप्त गर्न थालेपश्चात यो संस्थाले आर्थिक एक अर्को फड्को मारेको सबैमा राख्न चाहन्छु।
त्यस्तै फागुन ३० गतेको साधारण सभाले नयाँ कार्यसमिति आएपश्चात करिब ८५ दिनको अन्तरालमा सागरराज पाण्डेज्युलाई कार्यकारी प्रमुख को कार्यभार सुम्पिए पश्चात १० हजार डाटाबाट अहिले हाम्रा स्रष्टा सर्जकहरूको ६० हजार भन्दा बढी डाटाहरूलाई सुरक्षित गर्न सकेका छौँ । त्यस्तै MRCSN को डेटाबेसको पूर्ण डिजिटलाइजेसन शुरू भएको छ — जसले DSP सँगको वार्ता र अन्तर्राष्ट्रिय समकक्षहरूसँगको द्विपक्षीय सम्झौताले संगठनको स्थितिलाई रूपमा बलियो बनाइरहेको छ। स्रष्टा तथा सर्जकज्यू ज्यूहरूलाई के विश्वस्त गराउन चाहन्छु भने MRCSN अब पूर्ण डिजिटालाइजेसनको युगमा प्रवेश गरिसकेको छ। यो वर्षको जस्तो रोयल्टी चेक मार्फत नभएर आगामीका दिनहरूमा स्वयं तपाईंको खातामा जम्मा हुनेछ ।
“श्रष्टा जोगिए गीत संगीत जोगिन्छ गीत संगीत जोगिए संस्कृति जोगिन्छ” भन्ने मान्यताका साथ हामी अगाडि बढिरहेका छौं रोयल्टी हाम्रो एब्सोलेट राइट्स हो, यो अधिकार दिलाउन हामि निरन्तर लागि लागिरहन्छौँ । तपाईँ हाम्रो बौद्धिक सम्पत्ति, भौतिक सम्पत्ति जस्तो राज्यको वा कसैको हस्तक्षेपकारी भूमिकाले हस्तक्षेप गर्न मिल्ने सम्पत्ति होइन। यसमा हाम्रो पूर्ण हक अधिकार हुन्छ। यसमा हाम्रो राज्यको कानुनले भ्याएन भने अन्तर्राष्ट्रिय कानुन समेत आकर्षित हुने गर्दछ। आदरणीय श्रष्ठा सर्जक ज्यूहरू तपाईं हाम्रो हक अधिकारका लागि चाहे त्यो राज्य एकातिर होस् हामी लडिरहनेछौं, लडिरहनेछौं, लडिरहनेछौं, तर हामीलाई राज्यको समेत पूर्ण साथ सहयोग रहेको कुरा पनि यहाँहरु समक्ष राख्न चाहन्छु। हिजो रोयल्टी प्राप्त गर्नुहुने सम्पूर्ण श्रष्टा सर्जक ज्यूहरूलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु, प्राप्त रोयल्टीले तपाईँको सृजनशील यात्रामा थोरै भएपनि सहयोग पुगोस् भन्ने कामना गर्दछु। हिजो विविध कारणले कार्यक्रममा आएर सहभागिता जनाउन नसक्नुहुने श्रस्टा सर्जकज्युहरूले रोयल्टीको कार्यालयमा आएर आफ्नो रोयल्टी स्वयं लिनुहोला। धन्यवाद ।
वि.सं.२०८३ जेठ २६ मंगलवार ०९:५९















