“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

काठमाडौं। “९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)ले जितेका छन्। उनीहरूले १७ टोलीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्। विदुर नगरपालिका–स्थित इलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चलेको फाइनल प्रतियोगिताको अन्तिम नतिजा आइतबार राति घोषणा गरिएको थियो । विजेता जोडीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै, सरोज सिंखडा र जमुना विश्वकर्मा (प्रतिष्ठान बागमती प्रदेश (क) द्वितीय भए भने मानव रावत क्षेत्री र भावना अर्याल (प्रतिष्ठान मधेश प्रदेश (क) तृतीय घोषित भए । राजमान खत्री र शान्ता वली ९प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) ले सान्त्वना पुरस्कार प्राप्त गरे। क्रमशः द्वितीयले २ लाख, तृतीयले १ लाख र सान्त्वनाले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट पनि चयन गरिएका छन् । उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक बिक्रम गहतराज, उत्कृष्ट नव गायिका शीतल कल्पना विक घोषित भए । अनुशासित गायक बेलबहादुर परियार, अनुशासित गायिका शान्ति कार्की तथा उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल र (महिला) सीता माझी बने ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्देश्य नेपाली लोकसंस्कृतिको संरक्षण, कलाकारको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार प्रतियोगिता अपेक्षाभन्दा भव्य रूपमा सम्पन्न भएको हो।

फाइनल चरणका लागि आन्तरिक छनोट मार्फत १८ टोली छनोट गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउन सांस्कृतिक कार्यक्रम, अतिथि व्यवस्थापन तथा मञ्च सञ्चालनमा विभिन्न कलाकार तथा उपसमितिहरूको सक्रिय भूमिका रहेको थियो। करिब २० हजार दर्शकले अवलोकन गरेको प्रतियोगितामा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय मुख्य संरक्षक रहेको थियो। विदुर नगरपालिका र टोखा नगरपालिका संरक्षकका रूपमा रहेका थिए भने नुवाकोट उद्योग वाणिज्य संघ प्रवद्र्धक र नुवाकोट निर्माण व्यवसायी संघ मुख्य सहयोगी संस्थाका रूपमा रहेका थिए।आयोजकले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै कलाकार, दर्शक, सञ्चारकर्मी तथा सरोकारवाला प्रति धन्यवाद व्यक्त गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...