राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” भब्य रुपमा सम्पन्न

काठमाडौं। “लोकदोहोरी व्यावसायीहरुको ऐक्यबद्धता, कला र संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित स्थापना भएको राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” भब्य रुपमा सम्पन्न भएको छ। साधारण सभा असार १३ गते शनिबारका दिन काठमाडौं, सोह्रखुट्टे स्थित एन्ड्रोज क्याफे एण्ड रेष्टुरेन्टमा सम्पनन भएको हो। सो साधारण सभामा यसै संस्थाका अध्यक्ष दिप सागर थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक अध्यक्ष चुडा बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी निवर्तमान अध्यक्ष गुणराज खनाल, रिम खत्री, अमृत भुजेल, होटल ब्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रती, होटल ब्यावसायी महासंघका महासचिब मित्र प्रसाद ढकाल, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक महासचिब प्रेम श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका निवर्तमान महासचिब भिम नारायण श्रेष्ठ, प्रहरी बरिष्ठ निरिक्षक प्रकाश भेटुवाल, प्रहरी नायब उपरिक्षक रबिन बिष्ट, प्रहरी निरिक्षक सुमित श्रेष्ठ, गोर्खा ब्रुअरीका सिनियर मेनेजर रबिन्द्र सुबेदी लगायत कलाकार, डिवाईन वाईन् प्रा.लि. का कृष्णहरी अधिकारी, एस्टिम जुस की दिक्षा थापा, समाजसेबी, दोहोरी साँझ सञ्चालक र पत्रकारको बिशेष उपस्थिती रहेको थियो।

सो साधारण सभामा सोही संस्थाका महासचिब नन्द घर्ती मगरले सञ्चालन गरेका थिए भने सोही संस्था की उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तब्य राखेकी थिईन्। “सातौं वार्षिक साधारण सभा – २०८३” को अवसरमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको स्थापनाकाल देखी वर्तमान अवस्था बारे बिभिन्न वक्ताहरुले आआफ्नो बिचारहरु ब्यक्त गरेका थिए। साधारण सभामा संस्थालाई अझै तिब्र रुपले कसरी अगाडी बढाउने भन्ने बारे बिशेष छलफल पनी भएको थियो।

राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” को अवसरमा गायक बखानसिंह गुरुङ, सेक्युरिटी गार्ड, धन प्रसाद अधिकारी, वेटर रीता रोका मगर, गायिका सनम पुर्जा मगर, गुणराज खनाल, सुनिल लामिछाने, राष्ट्रिय लोक दोहोरी व्यवसायी संघका संस्थापक अध्यक्ष चुडा बहादुर कार्की लागायत थुप्रै ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। साथै साधारण सभा कै अवसरमा नयाँ दोहोरी साँझहरुलाई पनि सदस्यता प्रदान गरिएको थियो।

राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको “सातौं वार्षिक साधारण सभा – २०८३” मा अध्यक्ष दिप सागर थापा मगरले दोहोरी साँझहरुलाई अझ परिस्कृत कसरी बनाउने, नयाँ बसपार्कका दोहोरी साँझहरुमा पाहुनाहरु आउन नमानेर ठमेल र अन्य दोहोरी साँझमा जान हामीमा केही कमजोरी भएर हो भन्ने कुरा मनन् गर्दै आगामी दिनमा कमी कमजोरीलाई सुधार्नुपर्ने जरुरत भएको कुरा बताए। आगामी दिनमा दोहोरी साँझ सञ्चालकहरुमा मितब्ययिता हुनुपर्ने, एक दोहोरी साँझ सञ्चालकलाई अप्ठ्यारो पर्दा अर्काे दोहोरी साँझ सञ्चालकले साथ दिनुपर्ने, एउटा दोहोरी साँझले अर्काे दोहोरी साँझको स्टाफ नभड्काईदिने र गलत क्रियाकलापहरु नगर्न अध्यक्ष थापाले अनुरोध गरेका थिए। राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको भाबि कार्य योजनाहरु बताउदै आगामी दिनमा हरेक दोहोरी साँझको मेन्यु र अफर कार्ड राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले नै उपलब्ध गराउने कुरा जानकारी दिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...