राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा आयोजित “२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३” मा लोक दोहोरीका हस्तीहरु राजु परियार र बद्री पंगेनीले तताए माहोल

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सोमबार काठमाडौंको गोकर्णेश्वरमा जे देखियो, त्यसले नेपाली युवा र सेलिब्रेटीहरू केवल डिजिटल स्क्रिनमा मात्र होइन, रैथाने माटोमा पनि उत्तिकै भिज्न सक्छन् भन्ने प्रमाणित गरिदिएको छ । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले परम्परागत कृषिलाई ‘कुल’ र ‘ग्ल्यामरस’ उत्सवमा बदलिदिए ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा भएको उक्त राष्ट्रिय धान रोपाइँ तथा रोपाइँ उत्सवमा आधुनिक पुस्ताका स्टारहरू महँगा फेसन र मेकअप बिर्सिएर खेतको गह्रामै उत्रिएको संस्थाका सचिव कमल सरगमले जानकारी दिए ।

उनका अनुसार सामाजिक सञ्जालमा हिलो खेलेको भिडियो र रिल्स पोस्ट गर्न मात्र होइन, उनीहरूले वास्तविक किसान जस्तै असारे गीत गाउँदै धानका बीउ रोपे र हिलो छ्यापाछ्याप गरेका थिए । यो दृश्यले कृषि पेसा लाजमर्दो होइन, गर्विलो र उत्सवमय हो भन्ने बलियो युवा सन्देश प्रवाह गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा भएको यस कार्यक्रममा नगर प्रमुख दीपककुमार रिजालले पनि कलाकारहरूको यो डिजिटल र फिजिकल उपस्थितिको खुलेर प्रशंसा गरे । उनले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभएर हाम्रो जीवनशैली नै भएको चर्चा गर्दै, धान दिवसलाई फेसबुक र टिकटकमा फोटो पोस्ट गर्ने बहाना मात्र नबनाई किसानको पसिनाको वास्तविक सम्मान गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।

जब सेलिब्रेटीहरू आफैँ हिलोमा लतपतिन्छन्, तब नयाँ पुस्ताका फ्यानहरूका लागि माटोसँग जोडिनु एउटा नयाँ ट्रेन्ड बन्न पुग्ने लोक सञ्चारकर्मी नेपालका केन्द्रिय अध्यक्ष चन्द्रमणि गौतमले बताए । गोकर्णेश्वरको फाँटमा सोमबार कलाकारहरूले देखाएको यो शैलीले नेपालमा लोप हुन लागेको कृषि संस्कृतिलाई फेरि एक पटक युवा पुस्ताको रोजाइमा पारिदिएको गौतमको दाबी छ ।

प्रविधिको युगमा पनि माटोको सुगन्ध र असारे संस्कृति कति शक्तिशाली छ भन्ने कुरा कलाकारहरूको यो रोमान्चक रोपाइँले प्रमाणित गरिदिएको उनको भनाई छ । उक्त कार्यक्रममा लोक सम्राट राजु परियार, बद्री पंगेनी, प्रकाश कटुवाल, ईन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलसहित उनका टिमका विभिन्न कलाकारहरुको प्रस्तुतीले थप आकर्षण बढाएको अध्यक्ष गौतमले बताए ।

कृषि र संगीतको यो महापर्वका बीच सोही विशेष मञ्चमा ‘गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिएको उनले जानकारी दिए । उक्त पुरस्कारबाट रेडियो नेपालका वरिष्ठ सञ्चारकर्मी तथा स्थापित गीतकार राम थापा अविरललाई नगद रु ५,५५५ सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

कृषि, कला र संस्कृतिलाई जोड्ने यो बृहत् अभियानमा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरूले पनि दरिलो साथ दिएका थिए । कार्यक्रमलाई सफल बनाउन एक्ट्रीम इनर्जी ड्रिंक, इशा फाउण्डेशन, दरबार रोधी क्लब, सोफा हबका साथै गायक प्रकाश कटुवाल, समाजसेवीहरू रामकृष्ण बराल, रमेश विश्वकर्मा तथा अनिल सेडाई लगायतले आर्थिक एवं व्यवस्थापकीय सहयोग गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...