रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै बेनी न.पा. वडा नं. २, ज्यामरुककोट, म्याग्दीमा जन्मिएका गायक एबं संगीतकार रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतमा नारी माथीको दमन अनी अत्याचारलाई पराकाष्ठा गर्दे समाजमा एक हिम्मतीलो र साहसिलो नारीको रुपमा प्रस्तुत भई बिजयी प्राप्त गर्ने कुरालाई गीतको भिडियोमा समाबेश गरिएको छ।

जस्ता बाधा अबरोधहरु आएतापनि त्यसलाई सामना गर्दै समाजमा एक उदाहरणिय नारी बन्नु पर्छ भन्ने कुरा प्रस्तुत गरिएको छ। यस कथाले समाजमा सकारात्मक सन्देश जानुका साथै नारालाई थप उर्जा मिल्ने छ भन्ने अपेक्ष गरिएको छ। “नाचिदेउ गौथली” गीतमा शानती श्री परियार र रमेश बिक्रम रत्नको स्वर रहेको छ भने सामुहिक स्वरमा यमन माझी, भरत परियार, मुना रोक्का र गायत्री रानाले साथ दिएका छन्।

“नाचिदेउ गौथली” गीतमा रमेश बिक्रम रत्न, दिपक शाही, प्रेम बस्नेतको शब्द र रमेश बिक्रम रत्न कै संगीत रहेको छ। यस गीतको एरेञ्ज लक्षु प्रकाश मल्लले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतको भिडियोमा केशब राज भट्टको निर्देशन तथा कोरियोग्राफी, करण चैशिरको छायांकन, प्रबिन भट्टको सम्पादन, भरत परियारको कस्टुम डिजाईन रहेको छ।

उक्त गीतको भिडियोमा स्मारिका ढकाल, रमेश बिक्रम रत्न, जय शम्भो, बिनोद थापा, बिके तिवारी, प्रकाश गिरी, खेम नेपाली, सुमिना थापा आदीको अभिनय रहेको छ। यस गीतलाई रमेश बिक्रम रत्नको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...