तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको महानायक जस्तै हुन्। उनको नाम नसुन्ने र उनको भिडियो नहेर्ने ब्यक्ति कमै होलान्। शंकर बिसीले नृत्य गरेको र निर्देशन गरेको धेरै भिडियोहरु चर्चित छन्। बिसीले लोक दोहोरी गीतहरुमा मात्रै हैन आधुनिक गीत र चलचित्रका गीतहरु पनि निर्देशन तथा कोरियोग्राफी गरेका छन्। शंकर बिसी दुई दशक भन्दा बढी सांगीतिक क्षेत्रमा सक्रिय छन्। यो क्षेत्रमा कला मात्र भएर हुँदैन।

 

उनी लामो समय यो क्षेत्रमा टिक्नु भनेको उनको मुस्कान, नम्र र भद्र ब्यवहार, अनुसासन, मिलनसार भएको कारणले गर्दा हो। अझ भन्नु पर्दा उनी सानालाई माया ठुलालाई आदर पनि गर्छन्। उनी चर्तिकला भन्दा कला देखाउनुपर्छ भन्ने कुरामा उनी बिश्वास गर्छन्। प्रत्यक वर्ष शंकर बिसीले ८०, ९० वटा तीज गीतमा निर्देशन तथा नृत्य गर्ने गर्थे। उनले निर्देशन तथा नृत्य गरेका गीतहरु सबै सफल नभएपनि दर्जनौं गीतहरु सुपरहिट हुने गर्दथे। शंकर बिसी नाच्न र निर्देशन गर्न मात्र पोख्त छैनन्। उनी त गाउन र जोक्स हालेर हसाउन पनि खप्पिस छन्।

 

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रम जारी छ। विगतका वर्षहरुमा शंकर बिसी नेपालमै हुन्थे र तीजका गीतहरु धमाधम सुटिङ गर्थे। तर अहिले उनी अमेरिका छन्। अमेरिकामा भएको कारणले निज बिसीले तीज गीतहरु सुटिङ गर्न सकेनन्। शंकर बिसी नभएको कारणले उनको अभाब खड्किएको कुरा केही शुभचिन्तकहरुले बताएका छन्। विगतको कुराहरु सम्झिदै भाबुक हुँदै आफन्त, साथीभाई, कम्पनी, प्राबिधिक र पत्रकारहरुलाई सम्झिएर आफ्नो फेसबुक वालमा यस्तो स्टाटस लेखेका छन्। उनको स्टाटस जस्ताको त्यस्तैः

 

शंकर बिसीले लेखेको फेसबुक स्टाटसः

“तिज पनि नजिक आइ सक्यो। यो बेलामा म सबैला इ सम्झिने गर्छु …. किनकि तीज महिलाहरुलाइ भन्दा मला इ लाग्ने गर्थ्यो…. मैले अभिनय तथा निर्देशन गरेका छ-सात हजार गीतमध्ये पन्ध्र सय–दुई हजार जति गीत त तीजकै होलान…. प्रत्येक सिजनमा म असीदेखि नब्बे ओटा जति गीतहरूमा निर्देशन तथा अभिनय गर्थें। अठार–बिस वर्ष त्यसैरी नै बित्यो तर यसपालिको तीजमा म नहुँदा कस्तो खल्लो लागिरहेको छ…. पोहोर साल मैलै पारी-पारी आएका ढाका टोपिलाएका र लालाजी जस्ता गीतहरूमा निर्देशन र अभिनय गरैकी थिए, र ती गीतहरू करोड क्लबमा प्रवेश गरेका थिए। सम्पूर्ण सर्जकहरू, कम्पनीका साथीहरू जसले मलाई म्यूजिक भिडियो गर्न दिनुभयो— उहाँ सबैलाई म सम्झिरहेको छु, मिस गरिरहेको छु। उहाँहरूले गीत नदिनु भएको भए सायद म आज यो उचाइसम्म आउन गाह्रो पर्थ्यो होला। मेरा आफन्त, साथीभाइ, कम्पनी, कलाकार र प्राविधिकहरूलगायत सबैलाई म सम्झिरहेछु र मिस गरिरहेछु। पक्कै, अर्को वर्षको तीजमा हाम्रो भेट अवश्य हुनेछ। सबैलाई धेरै-धेरै माया अनि सम्झना। सम्पूर्ण साथीहरू, मेरा आफन्त र परिवार पत्रकार प्राविधिक सबैलाई सम्झिरहेछु। धन्यवाद।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...