“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा नेपाली लोकदोहोरी क्षेत्रको एक प्रतिष्ठित कार्यक्रम “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न भएको छ।

 

कार्यक्रम भदौ छ गते शनिबारका दिन काठमाडौं, भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लब स्थित सम्पन्न भएको हो। सो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता रहेको थियो भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको प्रमुख आतिथ्यता रहेको थियो।

 

त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्षहरु प्रजापती पराजुली, बरिष्ठ गायक  तथा चलचित्र निर्देशक नारायण रायमाझी, धुन सम्राट बिबि अनुरागी, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल की अध्यक्ष रिता थापा मगर, संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, बरिष्ठ गायक खड्ग गर्बुजा, लोक स्वर सम्राट राजु परियार, समाजसेबी पृथ्बी थकाली, ईन्द्रेणीका कृष्ण कंडेल, एभरेष्ट कल्चर ग्रप अफ नेपालका अध्यक्ष आरसी कोईराला, चर्चित गायिका निशा सुनार, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम लगायत थुप्रै कलाकार, पत्रकार, समाजसेबी, बिभिन्न संघ संस्थामा आबद्ध ब्यक्तिहरु र संगीतप्रेमी महानुभाबहरुको बाक्लो उपस्थिती रहेको थियो।

 

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको थियो भने लर्ड पार्टी प्यालेस, पृथ्बी ईन्टरटेनमेन्ट प्रायोजकका रूपमा रहेको थियो। “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति आयोजकको रुपमा रहेको थियो भने उपत्यका समन्वय समितिको मातहतका सम्पूर्ण १० वटै समिति सह-आयोजकको रुपमा रहेको थिए। यस अवार्ड कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको कुरा आयोजक पक्षले जनाएको छ।

 

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” ले उत्कृष्ट स्रष्टा र कलाकारलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नेपाली लोकसंस्कृतिको गरिमालाई अझ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको कुरा अध्यक्ष प्रसाद लामिछानेले बताएका छन्। अग्रज तथा अनुजलाई सम्मान गर्न पाउनु गर्वको कुरा बताउदै आगामी दिनमा सबैको तर्फबाट यस्तै साथ सपोर्ट भएमा अवार्ड कार्यक्रमलाई अझै थप परिमार्जन गरी लोक दोहोरी क्षेत्रको एक नमुना अवार्ड कार्यक्रम बनाउने भनी अध्यक्ष प्रसाद लामिछानेले प्रतिबद्धता जनाएका छन्।

 

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा लाईभटाईम अचिप्मेन्ट अवार्डबाट प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष एबं बरिष्ठ गायक प्रजापती पराजुली सम्मानित भएका छन् भने सदाबहार लोक गीत (सल्लाई हो जोबन कल्लाई हो) बाट अग्रज गायिका ज्ञानु राणा, संस्थागत सम्मानबाट प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, दशकका स्रष्टाबाट लोकप्रिय गायिका देबी घर्ती मगर, अवार्ड बिशेष सम्मानबाट पिएन सापकोटा, देश प्रेमी गीत तर्फ (मेरो पनी हैनर यो देश) बाट प्रकाश सपुत, लोक पत्रकारिता सम्मानबाट कमल सरगम, ब्यावसायिक सम्मानबाट अशोक गिरी, दोहोरी साँझ सम्मानबाट मदन परियार, कलाकार सम्मानबाट घनश्याम रिजाल आदी सम्मानित भएका छन्।

 

उक्त कार्यक्रममा शिब हमाल प्रिती आले र दिनेश क्षत्रीले सहजिकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए। “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा जुरी निर्णायकको संयोजकको रुपमा उपत्यका समन्वय समितिका परिकल्पनाकार तथा प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी रहेको थिए। अवार्ड कार्यक्रमलाई नेपाली नेटवर्क टेलिभिजन र बिभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

 

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा अवार्ड प्राप्त गर्न सफल ब्यक्तिहरुको नामावली यस प्रकार छः
१, सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका – बेलीमाया पुलामी
२, सर्बाेत्कृष्ट दोहोरी साँझ गायक – संगम गुरुङ
३, सर्बाेत्कृष्ट प्रतियोगी गायिका – सपना रोका
४, सर्बाेत्कृष्ट प्रतियोगी गायक – निशान्त बिक
५, सर्बाेत्कृष्ट परम्परा गीत – ईश्वर सिंह – सुनिमाया (पञ्चेबाजा)
६, सर्बाेत्कृष्ट सम्पादक – मिलन बिश्वकर्मा – स्याउली बजारमा
७, सर्बाेत्कृष्ट छायांकन – प्रकाश खड्का – छुकछुके रेलैमा
८, सर्बाेत्कृष्ट रेकर्डिस्ट – सुमन राना – पानी परेको
९, सर्बाेत्कृष्ट ध्वनी मिश्रण – खड्ग बाजुराली – माकुरीको जाल
१०, सर्बाेत्कृष्ट एरेञ्जर – कृष्ण केसी – छैन र माया
११, सर्बाेत्कृष्ट अभिनय निर्देशक – मौसम हिमाली – तल्लो बाटो
१२, सर्बाेत्कृष्ट नृत्य निर्देशक – जेरी भण्डारी – मानुङ कोटैमा
१३, सर्बाेत्कृष्ट नायक अभिनय – बिमल अधिकारी – सम्झेर तिमिलाई
१४, सर्बाेत्कृष्ट नायिका अभिनय – जुना बिश्वकर्मा – घागो चङ्गा
१५, सर्बाेत्कृष्ट नायक नृत्य – बिजय पुन – युके बस्ने दाई
१६, सर्बाेत्कृष्ट नायिका नृत्य – नारायणी खत्री – करिमै
१७, सर्बाेत्कृष्ट लोक गीत – सुरेश खत्री – ए आमा
१८, सर्बाेत्कृष्ट लोक दोहोरी गीत – सुदिप अधिकारी – घुमाउने घर पोखरामा
१९, सर्बाेत्कृष्ट लय नन्दु परियार – स्याउली बजारमा
२०, सर्बाेत्कृष्ट शब्द – बिक्रमबाबु बिश्वकर्मा – गण्डकी
२१, सर्बाेत्कृष्ट नव गायिका – शान्ती श्रीष मगर – युके बस्ने दाई
२२, सर्बाेत्कृष्ट नव गायक – सित्तल गुरुङ – भागौला त्रिशुली तरेर
२३, सर्बाेत्कृष्ट गायक – खेम सेञ्चुरी – तल्लो बाटो
२४, सर्बाेत्कृष्ट गायिका – शान्तारानी परियार – स्याउली बजारमा
२५, सर्बाेत्कृष्ट लोक दोहोरी प्रोत्साहन अवार्ड – अशिम चन्द्र बिश्वकर्मा
२६, सर्बाेत्कृष्ट जुरी अवार्ड – बाल कुमार श्रेष्ठ
२७, सर्बाेत्कृष्ट पब्लिक च्वाईस अवार्ड – दिपिका बयम्भु मगर

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...