शितल र दिपिकाको स्वरमा “पहिलो चरण” सार्वजनिक

काठमाडौं । सुरेश नगरकोटीको प्रस्तुतिमा दोहोरी गीत ‘पहिलो चरण’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिएको गीतमा शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वर रहेको छ। रमेश परियारको शब्द तथा संगीतमा तयार भएको गीतको शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच लोक स्वर सम्राट राजु परियारले विमोचन गरे । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भएको कार्यक्रममा गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

 

गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ भने ओजन स्टुडियोमा रेकर्डिङ गरिएको हो। प्रेमिल भाव र मौलिक दोहोरीको स्वाद समेटिएको गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ। गीतको भिडियो रोशन विश्वकर्माको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो। भिडियोमा सुरेश कोहली, सुन्जना गुरुङ, तुल्सी गुरुङ र सुरेश नगरकोटीको अभिनय तथा प्रस्तुति रहेको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोको कलर तथा सम्पादन मनोज कार्कीले गरेका छन्।

 

विमोचन कार्यक्रममा लोक स्वर सम्राट राजु परियारले गीत तथा भिडियो निर्माणको प्रशंसा गर्दै सफलताको शुभकामना दिए। उनले शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वरले गीतलाई थप आकर्षक बनाएको बताउँदै डिजिटल पुस्ताका दर्शक–श्रोताले पनि गीतलाई रुचाउने विश्वास व्यक्त गरे।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव एवं सर्जक शिव हमालले ‘पहिलो चरण’ लोक बजारमा अब्बल सिर्जनाका रूपमा स्थापित हुने शुभेच्छा व्यक्त गरे। प्रवासमा पसिना बगाइरहेका लोकसंगीतप्रेमीहरूले नेपाली लोकगीत–संगीतमा गरेको लगानीले समग्र लोक क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको भन्दै उनले निर्माता सुरेश नगरकोटीलाई धन्यवाद दिए।

 

कार्यक्रममा सर्जक रमेश परियारले गीतको भाव तथा सिर्जनाको पृष्ठभूमिबारे जानकारी गराएका थिए। गायक शितल गुरुङ र गायिका दिपिका बयम्बु मगरले गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। गायक तेजश रेग्मीले पनि गीतको सफलताको शुभकामना दिए।

 

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले लोक क्षेत्रमा एउटा राम्रो सिर्जना थपिएको भन्दै गीतको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे।गीत रमेश परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...