मोडल टिका भुजेलको नयाँ गीत “सातै डाँडै काटेर” सार्वजनिक
वि.सं.२०८३ असोज ३ शनिवार १३:०५
काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सकिए लगत्तै मायाप्रेम सम्बन्धी नयाँ गीतहरु सांगीतिक बजारमा आउन थालेका छन्। सोही क्रममा मोडल टिका भुजेलको नयाँ गीत “सातै डाँडै काटेर” सार्वजनिक भएको छ।
यस गीतमा गोबिन्द पंगेनी, सम्झना लामिछाने मगर, सुमन बिटी, लक्ष्मी रेग्मीको स्वर रहेको छ। गीतमा शब्द, लय गोबन्द पंगेनीको रहेको छ। गीतको भिडियो तर्फ शिबजी क्षेत्रीको निर्देशन, महेश महराको छायांकन, सुजन कोईरालाको सम्पादन रहेको छ।
उक्त गीतको भिडियो तर्फ टिका भुजेल, सम्झना लामिछाने मगर, काजी सुन्दास, पुष्पा बुनुको अभिनय रहेको छ। यस गीतलाई टिका भुजेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८३ असोज ३ शनिवार १३:०५















