मेला महोत्सव तथा दोहोरी प्रतियोगितामा हार र जितसँगै जुहारी खेल्दै चर्चित गीतकार तथा गायकको परिचय बनाएका बिक्रमबाबु बिश्वकर्मा
वि.सं.२०८३ असोज १० शनिवार ०८:२०
काठमाडौं। गुल्मी जिल्ला, मदाने गाँउपालिका, वडा नं.१, अग्लुङमा जन्मिएका बिक्रमबाबु बिश्वकर्मा पछिल्लो समयका चर्चित गीतकार तथा संगीतकार हुन्। उनले बुवा रेशम बिश्वकर्मा र आमा सिता बिश्वकर्माको कोखबाट जन्मिएका हुन्। उनी बिनोद बिश्वकर्मा र समिर बिश्वकर्माको दाई अर्थात रेशम बिश्वकर्मा र सिता बिश्वकर्माको जेष्ठ सुपुत्र हुन्।
बाल्यकालमा भलिबल खेल्न र गीत संगीतमा रुची राख्ने बिक्रमबाबु बिश्वकर्मा बिधार्थी जिवनमा बिभिन्न अतिरिक्त क्रियाकलापहरुमा भाग लिन्थे र प्रथम, द्धितिय, तृतिय पनि हुन्थे। मावलीका हजुर बुवा हरी बि.क. र हजुर आमा रामप्यारी बि.क.को प्रेरणाले गर्दा अध्ययन संगै संगीत क्षेत्रमा प्रबेश गरेको बताउने बिक्रमबाबु बिश्वकर्माले हाल सि.एम.ए, प्लसु टु सकेर ब्याचलर अध्ययन गर्दै सांगीतिक क्षेत्रमा क्रियाशिल छन्। बि.सं. २०७१ साल देखी अन्तरआत्मा गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेका बिश्वकर्माले हाल सम्म १०० वटा भन्दा बढी गीतमा शब्द, संगीत गरेका छन् भने केही गीतहरुमा स्वर पनि दिएका छन्।
उनले शब्द सृजना गरेका गीतहरु मध्य लौननी भैया, डोरी बाटेर गीतले करोड क्लबमा प्रबेश गरेका छन्। त्यस्तै दोहोरी गीत तर्फ नन्दनी, गण्डकी, देउन त्यो मन, यो नजर त्यतै छ, त्यो मन रुन्छ रुन्न खै, कौवा करायो, बन्दिपुरे माईला, मुलको पानी, यो मेरो बैंश र आधुनिक गीत तर्फ पोल्छ छातीमा, मोया त लाउछ अझै पनि, बरु मार एक्लै नपार, एटिट्युड लगायत थुप्रै गीतहरु चर्चामा रहेका छन्।
बिक्रमबाबु बिश्वकर्माले हाल सम्म हिमालयन म्युजिक अवार्ड, राष्ट्रिय बिशाल लुम्बिनी म्युजिक अवार्ड, रंग दर्पण म्युजिक अवार्ड, नेशनल म्युजिक अवार्ड, कल्चर नेशनल म्युजिक अवार्ड, राष्ट्रिय लोक दोहोरी अवार्ड प्राप्त गर्न सफल भएका छन् भने उनकै जन्मस्थानमा सरगम सञ्जाल युवा क्लबको वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मानद्धारा सम्मानित पनि भएका छन्। लोक स्वर सम्राट राजु परियार र बरिष्ठ गायिका बिमा कुमारी दुराको गीत सुनेर सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिलेको कुरा बताउनुका साथै आगामी दिनमा गीत संगीतलाई निरन्तरता दिने, देश बिदेशका कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिने अनी संगीतमै भबिश्य बनाउने कुरा बिक्रमबाबु बिश्वकर्माले बताएका छन्। पछिल्लो समय डिजिटल बजारको समय आएपछि लोकप्रिय गायक एबं संगीतकार खेम सेञ्चुरी र आईटी ईन्जिनियर राजेन्द्र अर्यालले निरन्तर साथ दिएको कारणले आफु सफल भएको कुरा उनले बताए।
नेपालका बिभिन्न स्थानहरुका मेला तथा महोत्सबहरुमा, दोहोरी गीत प्रतियोगितामा भाग लिदै प्रथम, द्धितिय, तृतिय हुँदै हार र जित संगै जुहारी खेल्दै आएका बिश्वकर्माले आफुलाई चर्चित गीतकार तथा गायकका रुपमा परिचय बनाएका छन्। उनले शब्द, संगीत गरेका २ दर्जन गीतहरु क्रमिक रुपमा सार्वजनिक हुँदै छन्। उनले नेपाली चलचित्र बा एक योद्धाको प्रोमोशन गीत भन्देउन साईली भन्देउन माईलीमा शब्द सृजना गरेका छन् भने अन्य चलचित्रहरुमा पनि शब्द सृजना गरेका छन्। उनी हालः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय अनामनगर समितिका सचिव पनि हुन्।
वि.सं.२०८३ असोज १० शनिवार ०८:२०















