मेलोडी सुल्तान शिशिर योगी र एस.पि. सापकोटाको “मरि लानु के नै छ र” सार्वजनिक

तुलसी गिरी ‘भावुक’

नेपाली सङ्गीत क्षेत्रमा ‘मेलोडी सुल्तान’ को उपनामले प्रसिद्धि कमाएका गायक / सङ्गीतकार शिशिर योगीले केही घण्टा अघि मात्र आफ्नो सङ्गीत / स्वरको गीत ‘मरिलानु के नै छ र ?’ को भिडिओ सार्वजनिक गरेका छन् l पुस्तक प्रकाशन क्षेत्रका प्रतिष्ठित व्यावसायी एवं गीतकार एस. पी. सापकोटाको शब्दरचनामा रहेको यस गीतमा बी. बी. अनुरागीको म्युजिक एरेन्ज रहेको छ l ‘प्रिज्म डिजिटल स्टुडिओ’का प्राविधिक गोविन्द अनेकले रेकर्ड गरेको यो गीत श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् l

म्युजिक भिडिओ निर्माणको क्षेत्रमा सिनेम्याटोग्राफी, निर्देशन र सम्पादन तिनै विधामा आफ्नो कौशलता देखाईरहेका बहुआयामिक प्रतिभा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन एवं सम्पादन रहेको यो भिडिओका छायाकार भने महेश महरा हुन् l ‘वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडिओमा लोकेश भाटको ग्राफिक्स रहेको छ l

मानवीय संवेदना, जीवनजगतका भोगाई र अनुभूतिहरुका गहन एवं शाश्वत् भाव भएका गीतमा सङ्गीत भर्न र स्वर दिन विशेष रुची राख्ने शिशिर योगीले यसपटक पनि समग्र मानव जातिलाई सत्कर्मप्रति सचेत गराउने आध्यात्मिक चेतनाले भरिएको गीतको भिडिओ सार्वजनिक गरेका छन् l

छिट्टै हल्किने र पत्तै नपाई अल्पायुमै ओईलाउने गीतप्रति फिटिक्कै आकर्षित नहुने योगी यही विशेषताका कारण पनि श्रोता, गीतकार र सङ्गीतकारहरु माझ फरक रुपमा चिनिएका हुन् l धनसम्पत्ति र मोजमस्ती क्षणिक हुन् l घमण्ड, लोभ र इर्ष्या नगरौँ l मृत्यु अवश्यम्भावी छ l गीतले यही अकाट्य सत्यलाई पुन: उजागर गरेको छ l  

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...