मेलोडी सुल्तान शिशिर योगी र एस.पि. सापकोटाको “मरि लानु के नै छ र” सार्वजनिक

तुलसी गिरी ‘भावुक’

नेपाली सङ्गीत क्षेत्रमा ‘मेलोडी सुल्तान’ को उपनामले प्रसिद्धि कमाएका गायक / सङ्गीतकार शिशिर योगीले केही घण्टा अघि मात्र आफ्नो सङ्गीत / स्वरको गीत ‘मरिलानु के नै छ र ?’ को भिडिओ सार्वजनिक गरेका छन् l पुस्तक प्रकाशन क्षेत्रका प्रतिष्ठित व्यावसायी एवं गीतकार एस. पी. सापकोटाको शब्दरचनामा रहेको यस गीतमा बी. बी. अनुरागीको म्युजिक एरेन्ज रहेको छ l ‘प्रिज्म डिजिटल स्टुडिओ’का प्राविधिक गोविन्द अनेकले रेकर्ड गरेको यो गीत श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् l

म्युजिक भिडिओ निर्माणको क्षेत्रमा सिनेम्याटोग्राफी, निर्देशन र सम्पादन तिनै विधामा आफ्नो कौशलता देखाईरहेका बहुआयामिक प्रतिभा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन एवं सम्पादन रहेको यो भिडिओका छायाकार भने महेश महरा हुन् l ‘वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडिओमा लोकेश भाटको ग्राफिक्स रहेको छ l

मानवीय संवेदना, जीवनजगतका भोगाई र अनुभूतिहरुका गहन एवं शाश्वत् भाव भएका गीतमा सङ्गीत भर्न र स्वर दिन विशेष रुची राख्ने शिशिर योगीले यसपटक पनि समग्र मानव जातिलाई सत्कर्मप्रति सचेत गराउने आध्यात्मिक चेतनाले भरिएको गीतको भिडिओ सार्वजनिक गरेका छन् l

छिट्टै हल्किने र पत्तै नपाई अल्पायुमै ओईलाउने गीतप्रति फिटिक्कै आकर्षित नहुने योगी यही विशेषताका कारण पनि श्रोता, गीतकार र सङ्गीतकारहरु माझ फरक रुपमा चिनिएका हुन् l धनसम्पत्ति र मोजमस्ती क्षणिक हुन् l घमण्ड, लोभ र इर्ष्या नगरौँ l मृत्यु अवश्यम्भावी छ l गीतले यही अकाट्य सत्यलाई पुन: उजागर गरेको छ l  

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...