युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र (Short Movie) “कलियुगको प्रेम” सार्वजनिक

अहिलेको युवा प्रेमी प्रेमीकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र (Short Movie) “कलियुगको प्रेम” सार्वजनिक भएको छ । “कलियुगको प्रेम” मा झुटो प्रेममा फसेपछि आफ्नो करियर सँगै जिन्दगी नै बर्बाद हुन्छ । साचो मायाको कदर हुनुपर्छ । कुन ब्यक्ती कस्तो हो बुझेर मात्र संगत गर्नुपर्छ । माया भनेको दई तर्फी हुनुपर्छ, एक तर्फी मायाले पागल बनाउछ ।

प्रेमको अर्थ नबुझ्नाले, समय र ब्यक्ति नचिन्नाले करोडको मान्छे रोडमा पुग्न समय लाग्दैन भन्ने सन्देश दिन खोजिएको छ । कतिपय युवाहरुले युवतीहरुलाई खुसी बनाउदा बनाउदै आफु कमजोर स्थितीमा पुगेका कुराहरु सामाजिक सञ्जालमा नआएका चाँही होईनन् । त्यसै कथामा आधारित रहेर पछिल्लो समयका युवा युवतीहरुलाई सन्देश दिन खोजिएको हो ।

“कलियुगको प्रेम” मा प्रकाश बराईली “अभिब्यक्ति” को लेखन / निर्देशन रहेको छ भने दिपेन्द्र प्रकाश के.सी. को छायांकन, लोकेश भाटको सम्पादन रहेको छ । युवा प्रेमी प्रमिकाहरुको कथामा आधारित रहेको छोटो चलचित्र “कलियुगको प्रेम” मा प्रकाश बराईली अभिब्यक्ति, शशि कला राई, राज कुमार रायमाझी, भिम कुसारी, रमेश सेञ्चुरी, अनिशा चाम्लिङ आदीको अभिनय रहेको छ । यस “कलियुगको प्रेम” लाई म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...