“पाँचौँ मनास्लु राष्ट्रिय अवार्ड तथा मनास्लु इन्टरनेशनल आईकन अवार्ड” सम्पन्न

काठमाडौं । “पाँचौँ मनास्लु राष्ट्रिय अवार्ड तथा मनास्लु इन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । मनास्लु मिडिया प्रालिद्वारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा सोमबार राष्ट्रिय नाचघरमा उक्त अवार्ड वितरण सम्पन्न भएको हो ।

पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बालाराम घर्तीमगर, मनास्लु पोष्टका अध्यक्ष मनबहादुर पुन र मनास्लु पोष्टका सल्लाहकार एवं समाजसेवी निमा लामाले विभिन्न विधामा धेरै कलाकारहरुलाई अवार्डले सम्मान गरेका थिए । साथै, उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान दिएको भन्दै समाजसेवीहरु र केही पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।

उक्त कार्यक्रममार्फत मनास्लु मिडिया प्रालिले पत्रकारीतामार्फत राष्ट्रलाई योगदान पुर्याएको भन्दै सौर्य दैनिकका पत्रकार बाबुराम सिग्देल, पत्रकार एवं कर्णाली सन्देश डटकमका सम्पादक धनराज वास्तविक, गायक तथा सञ्चारकर्मी राजकुमार रायमाझी, सिनियर ग्राफिक डिजाइनर चुडामणि नेपाल (मणि), गायक मिठाराम खत्री (केसी), समाजसेवी बलराम सुवेदी, कलाकार मनिसा राई, गायक भरत परियार, हिमाल आरोही मिङ्समार छिरिङ लामा र समाजसेवी लोप्साङ लामालाई सम्मान गरिएको हो ।

त्यस्तै, अवार्डबाट सम्मानित हुने कलाकारहरुमा गायिका राधिका हमाल पुनलाई लाइफटाइम अचिभमेण्ट अवार्ड, सावित्रा भुजेल बस्नेत सर्वोत्कृष्ट गायिका अवार्ड, दावा छिरिङ (खेन्पो कर्म दावा) विशिष्ट समाजसेवी, याङ्चुक राप्तेन लामा वशिष्ट समाजसेवी, बिना बुढामगर सर्वोत्कृष्ट बहुप्रतिभावान गायिका, अमर रोका मगर सर्वोत्कृष्ट बहुप्रतिभावान गायक, मनोज डंगोल सर्वोत्कृष्ट ध्वनी सम्पादन, देवीकुमारी ठकुरी हमाल सर्वोत्कृष्ट पहिचान गायिका, नरेन्द्र आचार्य सर्वोत्कृष्ट प्रतिभावान गायक, खेम भण्डारी सर्वोत्कृष्ट लोकप्रिय गायक, राहुल सदाशंकर सर्वोत्कृष्ट गायक, विजय केसी सर्वोत्कृष्ट अभिनेता, गौचन बुढा मगर विशिष्ट समाजसेवी, लालमाया बुढा मगर विशिष्ट समाजसेवी, सविता खड्का सर्वोत्कृष्ट मोडल, भुपेन्द्र पुलामी सर्वोत्कृष्ट गायक, दिलबहादुर रसाईली सर्वोत्कृष्ट गायक र धना सुनारले विशिष्ट समाजसेवीको विधाबाट अवार्ड प्राप्त गरेका छन् ।

त्यसैगरी डुब्पोन लामा शेराप तेन्दार रिन्पोछे र निमा लामाले समाजसेवीको अवार्ड प्राप्त गरेका छन् भने मानसिंह खड्का सर्वोत्कृष्ट निर्देशक, सरिष्मा मगर सर्वोत्कृष्ट मोडल, कृष्ण पुन सर्वोत्कृष्ट संगीत संयोजक, खड्कबहादुर पुन ९खबपु० सर्वोत्कृष्ट हास्य कलाकार, रमेश सेन्चुरी सर्वोत्कृष्ट गायक, देविराम राना सर्वोत्कृष्ट गायक, श्याम राना सर्वोत्कृष्ट गायक, लक्षुप्रकाश मल्ल सर्वोत्कृष्ट गायक, नन्दबहादुर घर्तीमगर सर्वोत्कृष्ट रचनाकार, बविता गुरुङ सर्वोत्कृष्ट गायिका, रिमा घर्ती ९रेखा० सर्वोत्कृष्ट गायिका, भुमसरी पुन सर्वोत्कृष्ट गायिका, मिलन लामा सर्वोत्कृष्ट मोडल, प्रिया घर्ती सर्वोत्कृष्ट मोडल, चन्द्रशेखर शाही सर्वोत्कृष्ट अभिनेता, कृष्ण घर्ती सर्वोत्कृष्ट क्यामेरा म्यान, पवित्रा घर्ती सर्वोत्कृष्ट मोडल, रामबहादुर रसाईली सर्वोत्कृष्ट गायक, सुमित्रा बबुढामगर सर्वोत्कृष्ट गायिका, बिमता घर्ती सर्वोत्कृष्ट मोडल र हर्कबहादुर घर्ती सर्वोत्कृष्ट गायक विधाबाट अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बालाराम घर्तीमगरले अवार्डबाट कलाकारहरुको मनोवल उच्च र गीत संगीतमा थप जिम्मेवार बनाएको बताए । साथै, मनास्लु पोष्टका अध्यक्ष मनबहादुर पुनले बिगतदेखि आफूले कलाकारको उच्च मूल्यांकन गर्दै अवार्डको माध्यमबाट सम्मान गर्दै आएको बताए ।

उनले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । उक्त कार्यक्रममा मोडल सुस्मिता श्रेष्ठ, अभिनेत्री रविना भण्डारी, कलाकार कमल वली र नृत्यकार यादकुमार विश्वकर्मालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

वि.सं.२०८१ माघ ४ शुक्रवार ०५:५५

काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका...

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...