अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी फेरि बिबादमा, पछिल्लो समय यस्तो समेत भयो

काठमाडौं । पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर विवाद देखिएको छ । गायिका अधिकारीले अभिनेता शाहले आफूलाई बलात्कार गरेको भन्दै बुधबार तनहुँ प्रहरीमा उजुरी समेत दिएकी छिन् ।

पलले भने उनलाई कसैले उक्साएको बताउँदै आएका छन् । यसैबीच पलले बिहीबार बिहान सामाजिक सञ्जालमा आफूलाई फसाउने चार जनाको नाम सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताएका छन् ।

सोमबार दिउसो एक मिडियाले उनको आवाज र समिक्षाले बोलेको कुरालाई लिएर समाचार बनाएका थिए । जुन सामाजिक सञ्जालमा भाइरल भएपछि पलले त्यो आफ्नो अडियो रेकर्ड नभएको दाबी गरेका छन् । उनले मंगलबार एक विज्ञप्ती जारी गर्दै आफुलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका थिए ।

उनले आफू दोषी भए कानुन अनुसार कारबाही भोग्न तयार रहेको पनि बताएका छन् । पलले सार्वजनिक गरेको नाममा मोडल दुर्गेश थापा, कृष्ण जोशी, सरोज ओली र सम्राट चौँलागाई रहेका छन् ।

पलले गायिका अधिकारीलाई यी चार जनाले आफूलाई फसाउन बनाएको मास्टर प्लानको अडियो क्लिप पनि सार्वजनिक गरेका छन् ।

अडियो क्लिपमा मोडल दुर्गेश, गायिका समिक्षा र अन्य युवाहरु पललाई कसरी फसाउने भन्नेबारेमा प्लान गरिरहेको सन्न सकिन्छ । 

पलले आफूलाई फसाउन प्लानिङ गरिएको ६ वटा अडियो क्लिप सार्वजनिक गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...