पर्वत कलाकार समाजको दास्रो अधिबेशनबाट अध्यक्षमा कुलेन्द्र बिक, महासचिवमा प्रल्हाद सुबेदी, सचिवमा सुजन बराईली चयन

काठमाडौं, नेपाल

पर्वत कलाकार समाज नेपालको दोश्रो अधिवेशनले लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सर्वसम्मत प्रक्रियाबाट तय भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण समीप सुवेदी, उपाध्यक्षमा कुमार केसी, महासचिवमा प्रल्हाद सुवेदी, सचिवमा सुजन बराईली, कोषाध्यक्षमा सुश्मा लोहनी र सह कोषाध्यक्षमा लक्षु प्रकाश मल्ल चयन भएका छन्।

मंगलबार काठमाडौंको अनामनगरमा आयोजित अधिवेशन सभाले समाजका सदस्यहरुमा भिम बहादुर पौडेल, रमेश सेन्चुरी, सुरज श्रेष्ठ, सृजना जिसी, संकल्प सुवेदी, कल्पना काफ्ले र दिपिका पौडेललाई चुनेको छ।

पर्वत कलाकार समाजमा यस अघि लोकप्रिय सर्जक कस्तुप पन्त अध्यक्ष थिए । नयाँ कार्यसमिति तय भएपछि पन्त विधानत समाजको संरक्षक बनेका छन्। ‘हाम्रो मूलमन्त्र भनेको संस्कार र संस्कृति हो, यसैको जगमा हामी कलाकर्मलाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सृजना गर्ने काम गर्नेछौं’, अध्यक्ष चयन भएपछि गायक कुलेन्द्र विश्वकर्माले भने “अघिल्लै कार्य समितिमा मातृभूमीमा सम्मान कार्यक्रमबारे छलफल भएको थियो । कोभिडले गर्दा काम गर्न सकिएन तर यस पटकको कार्यसमितिले यसलाई पनि आफ्नो कार्य योजनामा राख्नेछ र काम गर्नेछ।”

अधिवेशन कार्यक्रममा पत्रकार नारायण अमृत, पर्वतका युवा समाजसेवी डा. केदार सुवेदी, ईश्वरी पन्त र युवा उद्यमी शिव वास्तोलाले समाजलाई सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना व्यक्त गरेका थिए। नव निर्वाचित कार्य समितीका पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...