काठमाडौंको फोहर व्यवस्थापन नगरेसम्म बालेनले खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबहाली गरेका छन्। राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गरेका हुन् ।

उनले आजको पहिलो नगर सभाको बैठक लाइभ पनि गर्ने भएका छन्। आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले जानकारी दिए । जनप्रतिनिधिले गर्ने निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भएकाले बैठक लाइभ गरिने उनको भनाइ छ ।

यस्तै मेयर साहले काठमाण्डौको फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने पनि बताए । आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले नुवाकोटका नागरिकलाई असर नपर्ने गरी फोहर व्यवस्थापनको काम गर्ने शाहको भनाइ छ ।

‘हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग लागेको छ । यो शोक मनाउने बेला हो, फोहरको व्यवस्थापन नहुन्जेल र सिसडोलवासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरू काम हुँदैन’, शाहले भने ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सहरमा बस्ने हुने खाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत “म त सहरिया” सार्वजनिक

सहरमा बस्ने हुने खाने वर्गका असभ्य मानिसहरुलाई व्यङ्ग्य गरिएको गीत “म त सहरिया” सार्वजनिक

वि.सं.२०७९ असार १२ आइतवार ०८:२१

मेलोडी सुल्तानको उपनामले विख्यात सङ्गीतकार/गायक शिशिर योगीले सहरमा बस्ने हुनेखाने...

गायिका दिलमाया सुनार मृत फेला परेपछी प्रेमी भनिने सूर्य श्रेष्ठ पक्राउ

गायिका दिलमाया सुनार मृत फेला परेपछी प्रेमी भनिने सूर्य श्रेष्ठ पक्राउ

वि.सं.२०७९ असार ११ शनिवार १७:४९

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरणले नयाँ रूप...

सिन्धुपाल्चोककी कृन्जिला श्रेष्ठले चुमिन जुनियर मिस नेपालको ३ वटा टाईटल उपाधी :

सिन्धुपाल्चोककी कृन्जिला श्रेष्ठले चुमिन जुनियर मिस नेपालको ३ वटा टाईटल उपाधी :

वि.सं.२०७९ असार ११ शनिवार १५:०७

यस वर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले...

लोकप्रिय गायक बद्री पंगेनीको “चप्पल छिनियो” ले चौतर्फी चर्चा बटुल्दै

लोकप्रिय गायक बद्री पंगेनीको “चप्पल छिनियो” ले चौतर्फी चर्चा बटुल्दै

वि.सं.२०७९ असार ८ बुधवार ०९:०५

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय बन्दै गएको छ...

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले “राष्ट्रिय स्वतन्त्र पार्टी” घोषणा गरे

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले “राष्ट्रिय स्वतन्त्र पार्टी” घोषणा गरे

वि.सं.२०७९ असार ७ मंगलवार ०८:२७

काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी...

बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनयमा “ए माया” सार्वजनिक

बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनयमा “ए माया” सार्वजनिक

वि.सं.२०७९ जेठ २७ शुक्रवार ०५:४५

काठमाडौँ । गायक जीवन परिवेशको ए माया गीतको भिडियो सार्वजनिक...