म्युजिक नेपालको युट्युब च्यानल ह्याक

नेपालको सबैभन्दा बढी सब्स्क्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक गरी ह्याकरले च्यानलको नाम “टेस्ला लाइभ” राखेका छन् ।

ह्याक भएको उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन् । यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो । विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ ।

यस अघिका ह्याकिङ घटनामा जस्तो यसमा भिडिओहरू गायब भने भएको छैनन् । ह्याकिङका अन्य घटनामा ह्याकरले च्यानल ह्याक गरी नाम परिवर्तन पश्चात सम्पूर्ण भिडियो गायब पार्ने गरेका थिए । यस अघि नेपालमा चर्चित मानिएका ओ.एस.आर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।

नेपालमा ह्याक भइरहेका च्यानलहरूमा प्रायः प्रतिबन्धित क्रिप्टो सम्बन्धी लाइभ हुने गरेको थियो । यसमा भने हालसम्म कुनै किसिमको लाइभ सञ्चालन गरिएको छैन । नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ । नामलाई आधार बनाउने हो भने ह्याकरले त्यसमा टेस्ला सम्बन्धी जानकारी दिने योजना बनाएको थियो ।

तर कम्पनीले युट्युब च्यानल आफ्नो पहुँचमा आइसकेको बताएको छ । च्यानलको सम्पूर्ण लगइन डिटेल प्राप्त भइसकेको भएपनि नाम परिवर्तन भने हुनसकेको छैन् । नाम परिवर्तनका लागि थप काम भइरहेको म्युजिक नेपालले जानकारी दिएको छ । 

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...