“राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” भब्य रुपले सम्पन्न, को को भए त बिजेता ?

कास्की /पोखरा

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा आयोजित “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” पोखरा स्थित सभागृहमा साउन १६ गतेका दिन भब्य रुपले सम्पन्न भएको छ ।

यहि साउन १२ गते देखि सुरु भएको सो प्रतियोगिता साउन १६ गते सम्पन्न भएको हो । साउन १४ गते सम्पन्न गर्ने भनेको यस प्रतियोगितामा प्रतियोगीहरु धेरै भएर समयको अभाव भएर २ दिन म्याद थप गरिएको थियो । प्रतियोगितामा विभिन्न जिल्ला र समूहबाट गरी ४८ समुहको सहभागीता रहेको थियो ।

“लोक संस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा सुरुको दिन देखि अन्तिम दिन सम्म दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस प्रतियोगिता लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माण सहयोगार्थ आयोजना गरिएको हो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको सो प्रतियोगितामा गण्डकी प्रज्ञा–प्रतिष्ठान प्रमुख सहकार्यमा रहेको थियो भने पोखरा महानगरपालिका प्रबर्द्धक, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति संगै प्रतिष्ठान मातहतका विभिन्न प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतले सहकार्य गरेका थिए । प्रतियोगिताको अन्तिम दिन कार्यक्रम संयोजक जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माणका लागि आयोजित यस प्रतियोगितालाई सफल बनाउन आर्थिक / नैतिक / भौतिक रुपमा सहयोग गर्नुहुने महानुभावहरुलाई कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए । प्रतियोगितामा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिमर्शी) को विशेष उपस्थिति रहेको थियो ।

 

नगरकोट दोहोरी साझ समुहका राजु केसि र डिला बिक प्रथम, दरबार रोधी घर समुहका टेकराज भण्डारी र लक्ष्मी भण्डारी द्वितीय, जुनकिरी रोधी घर समुहका बबिता बानिया जेरि, शंकर क्षेत्री र नेको दोहोरी साझ अस्ट्रेलिया समुहका श्याम राना, तारा थापा तृतीय हुन सफल भएका थिए भने नव प्रतिभा पुरस्कार तर्फ जुनेली दोहोरी साझकी शान्ती कार्की, अनुशासित समुह पुरस्कार तर्फ धौलागिरी दोहोरी साझ, ओशाका समुहका शान्त ओलि र निशान्त बिक, उत्कृष्ट गायिका पुरस्कार तर्फ गण्डकी प्रदेशबाट सीता परियार, उत्कृष्ट गायक पुरस्कार तर्फ गण्डकी प्रदेशका सुमन खड्का, उत्कृष्ट प्रस्तुती तर्फ मिना रायमाझी छ्नोट भएका थिए ।

 

प्रथम पुरस्कार ६ लाख रुपैयाँ, द्वितीय पुरस्कार ४ लाख रुपैयाँ, तृतीय पुरस्कार ३ लाख रुपैयाँ, नव प्रतिभा पुरस्कार १० हजार रुपैयाँ, अनुशासित समूह पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट गायक पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट गायिका पुरस्कार ५० हजार रुपैयाँ, उत्कृष्ट प्रस्तुति पुरस्कार ५० हजार रुपैयाँ तोकिएको थियो ।

बिदेश कार्यक्रमका लागि सर्वोत्कृष्ट मध्य एकलाई सिफारिस गरिदिने अवसर पनि आयोजकले प्रदान गर्ने निर्णय भएको छ । तर कस्लाई सिफारिस गर्ने भन्ने कुराको टुंगो लागेको छैन । यसबारे आयोजक र निर्णायक बिच छलफल गरेर बिदेश कार्यक्रम तथा भ्रमणको सिफारिस गरिदिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

 

प्रतियोगितामा कुशल सञ्चारकर्मी राजकुमार रायमाझी र कुशल पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले नेपाली रेडियो नेटवर्क र लोक सिर्जना मार्फत देशभरका एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण गरेका थिए ।

सो प्रतियोगितामा निर्णायक संयोजक रमेश बिजि रहेका थिए भने निर्णायकहरुमा अमर बिरही गुरुङ, पुरुषाेत्तम न्यौपाने, बद्री पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, रिता थापा, सुवास केसि, दिपक खड्का, तारापती सुबेदी, शान्ति गुरुङ, शिब हमाल, पार्वती जिसि लगायत अन्य रहेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९” सम्पन्न

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९” सम्पन्न

वि.सं.२०७९ माघ २५ बुधवार १३:२५

काठमाडौं, नेपाल । टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा...

प्रमोद खरेल र तृप्ती खड्का (गुरुङ) को युगल आवाजमा “तिमी राधा हुनु मेरी” बोलको आधुनिक गीत सार्वजनिक

प्रमोद खरेल र तृप्ती खड्का (गुरुङ) को युगल आवाजमा “तिमी राधा हुनु मेरी” बोलको आधुनिक गीत सार्वजनिक

वि.सं.२०७९ माघ २३ सोमवार ०९:१६

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको...

बिभिन्न संघ संस्थाहरुको सहभागितामा रामेछापका गणेश परियारको हत्यामा अनुसन्धान गर्न दबाब

बिभिन्न संघ संस्थाहरुको सहभागितामा रामेछापका गणेश परियारको हत्यामा अनुसन्धान गर्न दबाब

वि.सं.२०७९ माघ २३ सोमवार ०८:४३

काठमाडौं, नेपाल । नेपालमा लोकतन्त्र, गणतन्त्र आएतापनि दलित गैरदलितलाई समान...

चाबहिल समितिको आयोजनामा “संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” सुरु, रमेश बिजी भन्छन् मेरो बिवाहमा नौमती बजाउन बोलाउछु

चाबहिल समितिको आयोजनामा “संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” सुरु, रमेश बिजी भन्छन् मेरो बिवाहमा नौमती बजाउन बोलाउछु

वि.सं.२०७९ माघ २२ आइतवार १३:१९

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल ।   राष्ट्रिय लोक तथा...

“टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न, दर्शकहरु नअटाएर फर्किए

“टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न, दर्शकहरु नअटाएर फर्किए

वि.सं.२०७९ माघ २२ आइतवार ०६:२७

काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको...

नयाँ बसपार्क समितिको आयोजनामा “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न, को को बने त बिजेता ? बिबरण सहित

नयाँ बसपार्क समितिको आयोजनामा “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न, को को बने त बिजेता ? बिबरण सहित

वि.सं.२०७९ माघ २० शुक्रवार ०३:१५

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल,...