नेपाली काँग्रेस केन्द्रीय कमिटीको “१४ औं महाधिवेशन” को निर्वाचन निर्देशिका पारित

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटीको उठेको सुझावलाई समेट्ने गरी १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ ।​ शनिबार बसेको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन लगाई भदौ १ को समय दिइएको हो ।

बैठकले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई भदौ १ गते सहमतिमा टुङ्गो लगाइ भदौ २ गतेभित्र सभापतिलाई बुझाउन भनेको छ । उक्त निर्देशिकामा पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्था गरिएको छ ।

यस्तै सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ ।

यस्तै काँग्रेसले विधानको धारा ८ (१०) (क) र धारा ९ (१०) (ख) मा उल्लेखित व्यवस्था संशोधन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर र उपमहानगर र महानगरपालिका क्षेत्र भित्रका काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुने भनिएको थियो ।

त्यसलाई संशोधन गरी गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय भएको छ । विधानमा गरिएका उक्त संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८ को नोमिनेशन (top 5) घोषणा तथा प्रमाण पत्र बितरण कार्यक्रम” यहि माघ ४ गते हुने

“सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८ को नोमिनेशन (top 5) घोषणा तथा प्रमाण पत्र बितरण कार्यक्रम” यहि माघ ४ गते हुने

वि.सं.२०७८ माघ २ आइतवार १३:३७

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती,...

ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

वि.सं.२०७८ पुस ३० शुक्रवार ०९:०९

अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने...

लोक बिधा तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड रामचन्द्र चन्दले चुमे

लोक बिधा तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड रामचन्द्र चन्दले चुमे

वि.सं.२०७८ पुस २९ बिहीवार ०८:५८

‘वुमेन्स एरा मिडिया ग्रुप प्रा.लि’ नेपालको आयोजनामा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’...

शंकर बिसिको निर्देशनमा “प्यारो प्यारो नेपाल” गीतको अमेरिकामा छायांकन

शंकर बिसिको निर्देशनमा “प्यारो प्यारो नेपाल” गीतको अमेरिकामा छायांकन

वि.सं.२०७८ पुस २९ बिहीवार ०२:५८

पछिल्लो समयमा नेपाली गीत संगीतलाई निकै माया गर्ने तथा अमेरिकामा...

कामना ओलिको “रोल्पा जलजला” सार्वजनिक (भिडियो सहित)

कामना ओलिको “रोल्पा जलजला” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७८ पुस २८ बुधवार ०४:०५

पछिल्लो समयमा टिकटक धेरैले प्रयोग गर्ने गरेको पाइन्छ । टिकटकले...

“हाम्रो बसेरी राम्रो बसेरी” गीतको बिमोचनको अवसरमा मृगौला पिडितलाई ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण

“हाम्रो बसेरी राम्रो बसेरी” गीतको बिमोचनको अवसरमा मृगौला पिडितलाई ६८ हजार ५ सय ५१ रुपैया हस्तान्तरण

वि.सं.२०७८ पुस २५ आइतवार ०६:३८

बसेरी उदयपुर सोसियल ग्रुप तथा व्यवस्थापन टिमले निर्माण गरेको गीत...