नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने

नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।

शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषाध्यक्ष पद थप गरिनेछ ।’

आइतबार दिउँसो केन्द्रीय कमिटीको बैठक एक घण्टा रोकेर बसेको स्थायी कमिटी बैठकले उपमहासचिव हटाएर कोषाध्यक्ष राख्ने निर्णय गरेको गुरुङले बैठकलाई जानकारी दिए । नेकपाकै पालाको विधानमा टेकेर कार्यदलले विधानको मस्यौदा बनाएको हुनाले उपमहासचिव लगायतका पद रहन गएको बताउँदै गुरुङले त्यसलाई सच्याउने बताए ।

बैठकमा केन्द्रीय सदस्यहरुले दिएका सुझावहरूका सन्दर्भमा दीर्घकालीन महत्वका सुझावहरूलाई पछि सम्वोधन गर्दै जाने र तत्कालै गर्न सकिने कामहरु तत्काल सुधार गरिने उनले बताए । बैठकमा बोल्दै गुरुङले स्थानीय एवं महानगर तहको संगठनात्मक संरचना साउन १८ को सुर्कलर अनुसार हुने र जिल्ला र प्रदेशको संरचना गत बैशाखको सर्कुलरअनुसार हुने गरी विधानमा मिलाइने बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...