काठमाडौं क्षेत्र नं ४ मा सुर्य चन्दले गगन थापालाइ समर्थन गर्ने

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले अन्ततस् नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन्। क्षेत्र नं ४ का अगुवा व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्द बताउछन।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका गगन थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन यधपी उनीमा भएको कमी कमजोरीलाइ आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचनबद्धताको कारणले यस निर्बाचनमा गगन थापालाइ पूर्ण साथ सहयोग गर्ने सुर्य चन्दले बताए।

नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर पार्टी भित्र होस् अथवा संसदमा बिद्रोह गर्दै प्रतिपक्षिको भूमिका निर्बाह गर्ने र नेतृत्व पुस्तान्तरणको चर्को आवाज उठाउने युवा पुस्ताका प्रतिनिधि पात्र थापा मुलुकको रक्षा र बिकाशको लागि अपरिहार्य भएकोले गर्दा उनलाई जिताएर संसदमा पुर्याउन आबश्यक रहेकोले काठमाडौं क्षेत्र नं ४ का नेपाली कांग्रेस बाट उम्मेदवार बनेका थापालाई मतदाताहरुले बिबेक प्रयोग गरि मतदान गर्नु पर्नेमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द जोड दिन्छन।

मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुनगईरहेको चुनाबमा प्रत्यक्ष तर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु समक्ष चन्दले आग्रह गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...