नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।

केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुने छ ।

थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्ने छ । उनले भने, “केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बस्छ । थप एजेण्डा त्यही बैठकले तय गर्छ ।”

प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।

माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...