अस्थिर राजनितिले अस्तित्व सकिने भो : बिश्वमणि घिमिरे (चलचित्र निर्देशक)

बिश्वमणि घिमिरे
चलचित्र निर्देशक

संसारमा भएका भौतिक र अभौतिक बस्तुको आयु धुब्र सत्य हो । यस्लाइ नकार्न सकिदैन, यदि नकार्न खोजियो भने समय सापेक्ष त्यो स्वत ह्रास हुँदै पतन हुनेमा दुई मत रहदैन । उसै त नेपाली राजनीतिमा दश देखि पन्ध्रौं बर्षको बिचमा ठुला ठुला राजनितीक परिवर्तनहरु भएका हाम्रा सामु छर्लङ्ग छ।

 

पछिल्लो परिवर्तनलाई लिएर दोमुखा ब्याख्या रहेतापनी जस्का निमित्त भनेर जस्ले क्रान्ति गर्यो उस्कै कारण क्रान्ति, प्रतिक्रान्ती, बिषर्जनवाद, नव सामन्तवाद हुँदै साम्राज्यवादको मासिहा बन्न पुग्दा जनताको हद सम्मको बिश्वास गुम्न पुगेको छ । जस्को कारण एउटा आन्दोलन पार्टी बन्न नपाइ फर्कनै नसक्ने गरि केही अवसेसमात्र छोडि बाटो लाग्दै छ। पुरानै कथा तर पात्र फरक परिचय सहित तयारी अवस्थामा राखिएका चरीत्रहरु प्रती जनताको समर्थन र इतिहास रचेका दलहरू प्रती आक्रोश बड्नु पनि अस्थिर नेतृत्व र गलत राजनिती सस्कारनै हो ।

 

परिचय गुमाउँदै गएका किर्तिम पात्रहरू अवसेसको आत्मारतीमा रमाउदै, छट्पटाउदै अस्थिर मानसिकता बोकि नेपाली राजनितीलाइ नै कलंकित गर्ने असफल कार्य गरिरहेको परिवेशमा आफ्नो तन मन र जन सग त्रसित हुँदै जवर्जस्त जनताको दुहाइ दिदै प्राकृतिक नियमलाइ समेत चुनौती दिदै सत्तारोहणको मोहले न्यायपालिका कार्यपालिका र ब्यवस्थापिकामा समेत प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गरि सम्पुर्ण राजनितीक दल र निष्ठा वान नेता कार्यकर्ता माथी बितृष्णा फैलाउने प्रवृत्तिले देश गम्भीर दुर्घटनामा फस्दै छ भन्न अपठ्यारो नपर्ला ।

 

देश र जनता प्रती उत्तरदायी हुनुपर्ने बेला अयोग्य लडाकुको नाममा पटक पटक मौकामा चौका छोप्नु काहा सम्मको उच्चस्तरीय राजनीति सोच हो । निर्माण सम्पन्न भैसकेको परियोजनाको ८० अर्ब, शिक्षकको पेन्सन ५ अर्ब, निजामती कर्मचारीको पेन्सन १० अर्ब, सामाजिक सुरक्षा भत्ताको ५ अर्ब, राज्यले तिर्नुपर्ने ऋणको साँवा र व्याज २० अर्ब, अनिवार्य दायित्वभित्रको कूल १ खर्ब, २० अर्ब भुक्तानी बाँकी रहदा १ अर्ब भुक्तानी भै सकेको अयोग्य लडाकु लाई यस्तो विषम परिस्थितिमा पुनः कानुन नै बनाएर रकम बिनियोजन गर्नु भनेको राष्ट्र चलाउने प्रणाली ध्वस्त पार्नु हो ।

 

अयोग्य लडाकु भत्ता जस्ता बिषयमा राजनिती गर्नु वास्तविक अयोग्य लडाकुको स्वाभिमान र सम्बेदना माथिको अमानवीय प्रहार हो। यो राज्यमाथिको द्रोह हो । के कानुन सबैलाई उतिकै हो ? कि फरक फरक छ ? के सरकार छ ? छ भने अयोग्य लडाकुको नामको रकम कुनै दलको हुनुहुदैन तेसमा सम्पुर्ण नेपालीको खुन पसिना मिसिएको छ। रकम हैन रोजगारी दिऔ जस्को लागी आवाश्यक पुर्वाधार बैज्ञानिक तवरले गरौ अस्थिरताको राजनीतिले अन्ततोगत्वा सकिने नै हो । एउटाले बिराउदा सारा बिराउछ, बेलैमा सजग हुनु नितान्त जरुरी भैसक्यो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

वि.सं.२०८३ असार १९ शुक्रवार ११:२५

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १...

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

वि.सं.२०८३ जेठ २७ बुधवार १६:३६

काठमाडौं। नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...