गुण्डानाइके रिगल भनिने योगराज ढकाल विरुद्धको मुद्दाको “रिक्युजल”, कात्तिक १४ गते अर्को पेसी

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् । यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।

 

रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए । त्यसलगत्तै न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै उनीहरुले समेत रिक्युजलको घोषणा गरेका थिए ।

 

यद्यपि खाजा समय अगाडिसम्म भने प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले रिट निवेदक र सरकारको तर्फबाट बहस सुनेका थिए । अपरान्ह २ बजे खाजा समयपछि भेटौँ भनेका न्यायाधीशत्रयले इजलासमा आएलगत्तै आफूहरुले हेर्न नमिल्ने हो कि भनेर महान्यायाधिवक्ता र रिट निवेदकलाई जानकारी गराए । त्यसपछि अन्य न्यायाधीशको इजलासमा सुनुवाइ गर्न उपर्युक्त हुने भन्दै अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मञ्जिता केसी र बिष्णु बगालेको अभिनयमा “तिम्रो खुसीको लागी” सार्वजनिक

मञ्जिता केसी र बिष्णु बगालेको अभिनयमा “तिम्रो खुसीको लागी” सार्वजनिक

वि.सं.२०८१ माघ २६ शनिवार १३:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

“विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” को समुद्घाटन, अब ७ वटा प्रदेश र ७७ जिल्लामा बिमलराज क्षेत्रीमय हुँदै

वि.सं.२०८१ माघ २६ शनिवार १२:३७

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका...

माघ २४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

माघ २४ गते “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को समुद्घाटन हुने

वि.सं.२०८१ माघ १५ मंगलवार १५:५६

काठमाडौं। लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका...

“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

“आकाशैको जुन” मार्फत गायिका मिना लामाका आमा छोरी संगै देखिए, छोरी भन्दा आमा तरुनी देखिएसी यस्तो समेत भयो

वि.सं.२०८१ माघ १५ मंगलवार १५:३९

काठमाडौं। आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित...

आदम हुसेनको नेतृत्वमा सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी

आदम हुसेनको नेतृत्वमा सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी

वि.सं.२०८१ माघ १४ सोमवार १६:१२

रामु जि.सी.कमल, सुस्ता (नवलपरासी) । सुस्ता बचाउ अभियानले नेपाल सरकार...