प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राती शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै

काठमाडौं। गत मंगलबारको आगजनीले बालुवाटार स्थित प्रधानमन्त्री निवास पनि जोगिन सकेन। प्रदर्शनकारीले प्रधानमन्त्री निवास भित्र प्रवेश गरेर सवारी साधनमा आगजनी र भवनहरू तोडफोड गरे। सुरक्षा स्रोतका अनुसार, बालुवाटार सडकबाट प्रधानमन्त्री निवास छिर्ने ३ नम्बर मूल गेट, त्यहाँ भित्रका सवारी साधन र भवनहरूमा क्षति पुगेको छ।

भवनका सिसा फुटेका छन् भने सुरक्षाकर्मी बस्ने ब्यारेकहरूमा क्षति पुगेको छ । सुरक्षाकर्मीका केही सवारी साधन पनि जलेका छन्। बालुवाटार प्रधानमन्त्री निवासमा सुरक्षाकर्मीहरूको बाहिरी घेरापछि भित्री तहमा अर्को घेरा पनि छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको सुरक्षा घेराभित्रको दोस्रो तहको घेरा भित्र प्रधानमन्त्रीको निवास छ।

केही वर्षअघि मात्रै निर्माण भएको सुविधा सम्पन्न भवन र त्यसको परिसरमा प्रदर्शनकारी पस्न नपाएकाले कुनै क्षति पुगेको छैन। प्रधानमन्त्री सुशीला कार्की शुक्रबार राति शपथ ग्रहणपछि सरकारी निवासमा बस्दै आएकी छन् । उनले टोखा स्थित निजी निवासमा बस्ने इच्छा भए पनि सामान्य रूपमा बनाइएको घरमा सुरक्षाकर्मी र सचिवालयका अरू कर्मचारीहरू अट्नै नसक्ने अवस्था भएपछि उनी तत्काल बालुवाटारमा सरेकी हुन्।

आइतबार बिहान सिंहदरबारमा खडा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पदभार ग्रहण नगरुञ्जेल प्रधानमन्त्री कार्कीले शनिबार दिनभर बालुवाटार स्थित सरकारी निवासबाट नै सरकारी अधिकारी एवं सरोकारवालाहरू सँग भेटघाट र परामर्श गरेकी थिइन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...