सुसिला कार्कीको नेतृत्वको सरकारमा उर्जा मन्त्री भए कुलमान घिसिङ, अन्य मन्त्री को को भए त ?

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओम प्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो।

 

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ। ‘यो प्रारम्भिक सूची हो। उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ।’

 

उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ। ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो। खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन्। उनी पूर्वसचिव पनि हुन्। अर्याल कानुन व्यवसायी हुन्।

 

यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को कानुनी सल्लाहकार बनेर काम गरेका थिए। घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्। उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...