प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ । जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश जबराले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए ।

प्रधानन्यायाधीशको पत्र आएकै दिन बसेको नेपाल बारको बैठकमा वार्ताबारे कुनै छलफल नै नभएको बारका पदाधिकारीले बताएका छन् । बैठकपछि बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले रातोपाटीसँग भनिन्, ‘हामीले उहाँको राजीनामा नै मागिसकेका छौं, अब के वार्ता गर्छौं र ? त्यो पत्रबारे हामीले छलफल नै गरेनौं । उहाँकै राजीनामा मागिसकेपछि वार्तालाई हामीले प्राथमिकता नै दिएनौँ ।’

शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्यायाधीशको राजीनामाको मागलाई यथावत राख्दै थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । आइतबारदेखि शुरु हुने यो चरणका आन्दोलनका कार्यक्रम आगामी शुक्रबारसम्म देशैभरि सञ्चालन हुने बस्यालले जानकारी दिइन् ।

कालोपट्टि बाँधेर हुँदै आएका विरोधका कार्यक्रमहरु यथावत रहने र आन्दोलनलाई झनै कडा रुपमा लैजाने उपाध्यक्ष बस्यालले बताइन् । उनका अनुसार बारको बैठकले तय गरेका आन्दोलनका कार्यक्रम यस्ता छन्–

आइतबार – अदालतमा भएको प्रहरीहरुको प्रवेश र कानून व्यवसायीमाथि भएको ज्यादतीको विरोध गर्दै देशभरिका अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दा नहेर्ने ।

सोमबार– संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने ।

मंगलबार– अदालतमा कुनै पनि मुद्दाहरु दर्ता नगर्ने ।

बुधबार– देशभरिका १८ वटै उच्च अदालतहरूमा बारका केन्द्रीय प्रतिनिधिहरू पठाएर वृहत् विरोध सभा गर्ने ।

विहीबार र शुक्रबार– विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...