न्युयोर्क पुगे प्रधानमन्त्री बालेन, राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउन
वि.सं.२०८३ असोज ७ बुधवार १७:०६
न्युयोर्क,अमेरिका। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय शत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधन अघि उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यसूची समेत रहेको बताइएको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर, जलवायुजन्य विपद भएको क्षति तथा प्रभावित देशका लागि जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरिएको छ। प्रधानमन्त्री शाहको महासभा सम्बोधनलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय समुदायमा समेत चासोका साथ हेरिएको छ।
वि.सं.२०८३ असोज ७ बुधवार १७:०६















