चर्चित सर्जक, युवा नेता तथा समाजसेवी सुवास केसी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा प्युठान जिल्लाबाट महाधिवेशन प्रतिनिधीका रुपमा निर्वाचित

काठमाडौं । चर्चित सर्जक, युवा नेता तथा समाजसेवी सुवास केसी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्युठान जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सांगठनिक उपाध्यक्षसमेत रहेका केसी अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा समर्थक प्रति आभार व्यक्त गरेका छन्।

 

केसीले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने क्रममा साथ र समर्थन गर्ने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि प्राप्त विश्वास र सद्भावलाई सम्मान गर्दै थप जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आगामी राजनीतिक यात्रालाई समेत थप सशक्त बनाउने बताएका छन्। गीत–संगीत, समाजसेवा तथा विभिन्न संघसंस्थामा सक्रिय रहँदै आएका केसी पछिल्लो समय राजनीतिमा समेत सक्रिय भएका हुन्।

 

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको संगठन निर्माण तथा आगामी राजनीतिक यात्रामा आफूलाई साथ दिने सम्पूर्ण शुभेच्छुक र सहयोगीलाई विशेष धन्यवाद दिएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा आयोजना हुँदैछ। महाधिवेशनमा प्युठानबाट प्रतिनिधिका रूपमा केसीको पनि सहभागिता रहनेछ।

 

उनले कलाकारिता, सामाजिक क्षेत्र तथा राजनीतिमा लामो समय देखि सक्रिय रहँदै आएका शर्माले आफ्नो उम्मेदवारीलाई कला, संस्कृति र पेशागत क्षेत्रको प्रतिनिधित्वसँग जोडेर अघि बढाएका छन्। उनले नेपाली कांग्रेस भित्र कला, संस्कृति, भाषा, साहित्य तथा गीत–संगीत क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यका साथ अघी बढेको बताएका छन्।

 

नेपाली कांग्रेसका विभिन्न अभियान तथा कार्यक्रमहरूमा गीत–संगीत मार्फत समेत योगदान पुर्‍याउँदै आएका छन्। कांग्रेससँग सम्बन्धित विभिन्न गीतमा शब्द सृजना गरेका उनले पार्टीका सांस्कृतिक तथा सामाजिक गतिविधिमा पनि निरन्तर सहभागिता जनाउँदै आएका छन्। कला र राजनीतिको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्दै आएका केसीले कलाकार तथा सर्जकका विषयलाई राजनीतिक तहमा समेत प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...