नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित
वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। उनले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा नेता–कार्यकर्ता प्रती आभार व्यक्त गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय प्रशाशनिक उपाध्यक्ष समेत रहेका केसी अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा समर्थक प्रति आभार व्यक्त गरेका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि खड्काले आफ्नो सामाजिक सञ्जाल मार्फत धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आफूलाई प्राप्त मत र विश्वासलाई आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्ने प्रेरणाका रूपमा लिएको बताएका छन्। उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिएका छन्।
खड्काले आफ्नो विजयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने अग्रज, अनुज तथा समकालीन सम्पूर्ण व्यक्तिहरूप्रति समेत आभार प्रकट गरेका छन्। उनले आफूलाई विश्वास गरी दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तपाईंहरूको साथ, सहयोग र विश्वासले मलाई अझ जिम्मेवार र सक्रिय बन्न प्रेरणा दिएको छ,’ खड्काले आफ्नो धन्यवाद सन्देशमा भनेका छन्, ‘म सबैप्रति कृतज्ञ छु।’
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि खड्काले पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ता तथा प्रतिनिधिहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने र आगामी दिनमा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर विभिन्न तहमा अधिवेशन तथा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ। यस क्रममा स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टीका नेता तथा कार्यकर्ताहरू महाधिवेशन प्रतिनिधि चयनका लागि प्रतिस्पर्धामा सहभागी भइरहेका छन्। हाल कांग्रेसका विभिन्न समूहले छुट्टाछुट्टै रूपमा महाधिवेशनका गतिविधि अघि बढाइरहेको समाचारहरू सार्वजनिक भएका छन्।
खड्काको धन्यवाद सन्देशले भने निर्वाचनबाट प्राप्त विश्वासलाई आगामी राजनीतिक तथा सांगठनिक जिम्मेवारीमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता देखाएको छ। उनले आफूलाई निर्वाचित गराउने सबै प्रतिनिधि, पार्टीका अग्रज नेता तथा शुभेच्छुकहरूलाई पुनः धन्यवाद दिँदै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरेका छन्। उनले कलाकारिता, सामाजिक क्षेत्र तथा राजनीतिमा लामो समय देखि सक्रिय रहँदै आएका शर्माले आफ्नो उम्मेदवारीलाई कला, संस्कृति र पेशागत क्षेत्रको प्रतिनिधित्वसँग जोडेर अघि बढाएका छन्। उनले नेपाली कांग्रेस भित्र कला, संस्कृति, भाषा, साहित्य तथा गीत–संगीत क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यका साथ अघी बढेको बताएका छन्।
वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२














