बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यानबाट श्रमिक कोटातर्फ उम्मेदवारी दिएका रेउले निर्वाचित भएका हुन्। कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रैका श्रम, कला तथा समाजसेवामा आफ्नो पहिचान बनाउँदै आएका छन्।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका कृष्ण रेउलेले अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा समर्थक प्रति आभार व्यक्त गरेका छन्।

 

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कृष्ण रेउलेले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउने सल्यानका कांग्रेसका क्षेत्रीय प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई प्राप्त विश्वासलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको बताएका छन्।

 

रेउलेले आफ्नो उम्मेदवारीलाई केवल राजनीतिक जिम्मेवारीका रूपमा मात्र नभई श्रमिक तथा कलाकार वर्गको प्रतिनिधित्व गर्ने अवसरका रूपमा प्रस्तुत गरेका थिए। उनले श्रमिकको अधिकार र सम्मान, सुरक्षित रोजगारी, उचित ज्याला तथा सामाजिक सुरक्षाजस्ता विषयलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका थिए।

 

त्यसैगरी शिक्षा तथा युवा सशक्तीकरण, सीपमूलक शिक्षा, युवाका लागि रोजगारी तथा रचनात्मक संस्कृति र कलाको संरक्षणलाई समेत उनले प्राथमिकतामा राखेका छन्। सल्यानको समृद्धि र विकासका लागि पूर्वाधार, पर्यटन, कृषि, उद्योग तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विषय पनि उनका एजेन्डामा समेटिएका छन्। उनले समावेशी समाज र सामाजिक न्यायलाई समेत आफ्नो प्राथमिकतामा राख्दै दलित, महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायलगायत सबैको समान अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा अघि सारेका छन्। साथै भ्रष्टाचार अन्त्य, पारदर्शी नेतृत्व र जनउत्तरदायी शासनको पक्षमा आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

 

कलाकारिता क्षेत्रमा सक्रिय रेउलेले आफ्नो राजनीतिक यात्रालाई पनि श्रम, कला र समाजसेवासँग जोडेर अघि बढाउने बताएका छन्। उनको उम्मेदवारीले पार्टीभित्र श्रमिक तथा कलाकार समुदायको प्रतिनिधित्वलाई समेत चर्चामा ल्याएको छ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि वडा, गाउँ–नगर तथा प्रदेश सभा क्षेत्रीय हुँदै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको छ। पार्टीको आधिकारिक कार्यतालिकाअनुसार विभिन्न तहका अधिवेशन सम्पन्न हुँदै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढिरहेको छ।

 

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले आगामी दिनमा पार्टी संगठनसँगै श्रमिक, कलाकार तथा सिर्जनशील क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई विजयी बनाउन सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुक प्रति पुनः धन्यवाद व्यक्त गर्दै आगामी यात्रामा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...