“टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” बारे जानकारी गराउन पत्रकार सम्मेलन

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ काठमाडौँमा “टुबोर्ग छैटौँ राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र १६ गते देखी चैत्र १९ गते सम्म हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीको आयोजनामा यही चैत १६ देखि १९ गतेसम्म राजधानीको भृकुटी मण्डपमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको बारेमा जानकारी दिन सोमबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजीले विगतमा प्रतिष्ठानका तत्कालीन अध्यक्ष चन्द्र शर्माको कार्यकालमा सुरु भएको नियमित रनिङ शिल्ड प्रतियोगिता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ का कारण २ वर्ष अवरुद्ध भएको र हाल महामारी सामान्य भएपश्चात पुनः निरन्तरता दिन लागिएको जानकारी दिए ।

उनका अनुसार बुधबारबाट सुरु हुने रनिङ शिल्ड प्रतियोगितामा देशभरबाट ७० समूह सहभागी हुनेछन् भने १ लाख भन्दा बढी दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अनुमान गरिएको छ । साथै उक्त प्रतियोगिताभर देशभरका विभिन्न राष्ट्रिय कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् ।

बुधबार अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीको प्रमुख आतिथ्यता तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राष्ट्रिय कलाकारहरुको विशेष आतिथ्यतामा कार्यक्रम सुरुवात हुने आयोजकको भनाई छ । कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ भने प्रायोजकको रुपमा महालक्ष्मी विकास बैंक लिमिटेड र श्री बागेश्वरी खड्का हाउजिङ डेप्लोपर्स रहेको छ ।

प्रतियोगिताको प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड, दोश्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितालाई थप आकर्षक बनाउन विभिन्न खानाका परिकार तथा व्यापारिक स्टलहरु समेत राखिने आयोजक पक्षले जानकारी गराएको छ । कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पारिदिनका लागी केन्द्रिय अध्यक्ष रमेश बिजी अनुरोध गरेका थिए ।

पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव सुवास केसीले गरेका थिए । कार्यक्रमको प्रचार प्रसार संयोजन राज कुमार रायमाझी र अमृत अधिकारीले गरेका थिए भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” ले मिडिया संयोजनको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष रमेश बिजीको अध्यक्षता रहेको थियो भने दुबोर्ग बियरका प्रतिनिधी, अग्रज गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, पुर्ब केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सल्लाहकार पृथ्बी थकाली, बरिष्ठ पत्रकार ऋषी धमला लगायत चर्चित कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...