सत्तारुढ दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी गरिने न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन लगायतका विषयहरु समेटिए

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुनुको एउटा मूल कारण हो – साझा न्यूनतम कार्यक्रम । अन्ततः सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी गरिने न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन लगायतका विषयहरु समेटिएका छन् ।

सत्तापक्षीय कार्यदलले सोमबार तयार पारेको ड्राफ्टलाई बालुवाटारमा मंगलबार आयोजित शीर्ष नेताहरुको बैठकले अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी छ । यसका लागि मंगलबार बिहान बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

सोमबार बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदलका सदस्यहरूको बैठक बसेको थियो । कार्यदलमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङ सदस्य छन् । जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ कार्यदलमा छन् ।

सोमबार कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र मन्त्रीहरूको आचार संहितालाई गठबन्धन दलका शीर्ष नेताहरूले संयुक्त हस्ताक्षर सहित न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । त्यसपछि मन्त्रिपरिषद् बिस्तार गरिने गठबन्धनका नेताहरूले बताएका छन् ।

सोमबार बालुवाटारमा आयोजित कार्यदलको बैठकले तयार पारेको न्यूनतम साझा कार्यक्रममा मुलुकको अर्थतन्त्र र यसबारे सरकारको स्थिति, भूराजनीतिक अवस्थिति र सरकारको अडान, कोरोना महामारी र यसको रोकथाम एवं राहतसम्बन्धी सरकारको नीति, नागरिकता ऐनबारे गठबन्धनबीच सहमति अनि संविधान संशोधनको प्रतिबद्धता लगायतका विषयहरूलाई समेटिएको छ ।

जनता समाजवादी पार्टीले मूलतः संविधान संशोधन र नागरिकता सम्बन्धी ऐनमा गठबन्धन दलहरूको प्रतिबद्धता खोजेको छ । तर, यसमा सत्ता गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाले भने गम्भीर असहमति जनाएको छ ।

नेपाली काँग्रेस र माओवादीका नेताहरूले जसपा र माधव नेपाल पक्षलाई पछि समेट्ने गरी मन्त्रिपरिषद् विस्तार गरिहाल्ने योजना बनाएका थिए । तर, जसपाका नेताहरूले न्यूनतम साझा कार्यक्रम बनाएपछि मात्रै सरकारमा जाने अडान राखेपछि सत्तारुढ नेताहरू साझा न्यूनतम कार्यक्रम बनाउन जुटेका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...