“चम्चा पिलेट – २” ट्रेन्डिङमा, छोटो समयमा धेरै चर्चा कमाउन सफल

वि.सं.२०७८ चैत २१ सोमवार १२:५१

काठमाडौं । ईनाक्क्षी ईन्टरटेनमेन्टको प्रस्तुतीमा रहेको नयाँ सांगीतिक कोसेली “चम्चा पिलेट – २” ले सार्वजनिक भएको केही दिन मै चर्चा बटुलिरहेको छ । “चम्चा पिलेट – २” अहिले ट्रेन्डिङमा छाईरहेको छ ।
“चम्चा पिलेट – २” मा टिभी सिरियलबाट चर्चामा आएका गायक तथा मोडल जिवेश गुरुङ र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ ।
जिवेश गुरुङको निर्देशन रहेको यस भिडियोमा स्वयंम गुरुङ र एलिना चौहानको दमदार अभिनय रहेको छ । साथै भिम कुसारी, युगज्योती क्रियाशिल र बाबुराम शाक्यको पनि अभिनय रहेको छ ।सो गितमा भीम कुसारीको शब्द र संगीत रहेको छ भने एरेन्ज तथा मिक्सिङ जिबन बडुले गरेका हुन् ।
भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् भने सम्पादन पनि सुस्लिङको नै रहेको छ । गीतको कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन् । भिडियोलाई इनाक्क्षी ईन्टरटेमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

वि.सं.२०७८ चैत २१ सोमवार १२:५१