चर्चित गायिका ज्योती मगर र रितिका कुँवरको तीज गीत “मितिनी” सार्वजनिक

काठमाडौं । चर्चित गायिका ज्योती मगर र रितिका कुँवरको तीज गीत “मितिनी” एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा मितिनीको सार्वजनिक गरिएको हो । ज्योति र रितिका स्कुले जीवनदेखि नै मितिनी हुन् ।

गायिका ज्योति मगरले पनि मैले केही गीतमा आफ्नो फरक प्रस्तुति दिएको छु । कहिँ कथाले माग्यो, कहिँ समयले माग्यो, कहिँ निर्देशकले मागे होला तर मैले सुरुवातदेखि नै मौलिक गीतहरु गाउँदै आएको छु । मैले गाएको मौलिक गीतको चर्चा नगर्ने थोरै अभिनयमा देखिएको ग्ल्यामरलाई मात्र चर्चा गरेर गाली गर्ने ? अब यस्तो नगर्नुस् मेरा मौलिक गीत हेरिदिनुस् भनिन् । गायिका ज्योति मगरको गुनासो सुनिसकेपछि सधैं आरोप र प्रत्यारोप खेप्ने गरेकी गायिका ज्योति मगरलाई ‘मितिनी’ गीतको भिडियो हेरिसकेपछि भने सबैले तारिफ गरे ।

गायिका रितिका कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्का, सचिव कृष्ण रेउले, रोयल्टी संकलन समाजका कार्यकारी सदस्य सुमन बैरागी, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन दिलिप पौडेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ती’ रहेका थिए ।

कार्यक्रममा अतिथिहरुले मितीनी गीतलाई सफलताको शुभकामना दिँदै मौलिक तीज गीत भएको भन्दै आगामी दिनमा पनि यस्तै गीतहरु निर्माण गर्न र छाडा गीतहरु नगर्न ज्योती मगरलाई सुझाव दिएका थिए । मितीनी गीतमा ज्योती मगर र रितिका कुँवरको स्वर रहेको छ । शरद पाण्डेको शब्द, संगीत रहेको छ भने योगेश काजीले संगीत संयोजन गरेका हुन् ।

मितिनीको म्यूजिक भिडियोको निर्देशन शंकर बिसीको रहेको छ । भिडियोको छायाँकन दुर्गा पौडेलले गरेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् । यस गीतलाई रिजान नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा ज्योती मगर र रितिका कुँवरको अभिनय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...