चर्चित गायिका ज्योती मगर र रितिका कुँवरको तीज गीत “मितिनी” सार्वजनिक

काठमाडौं । चर्चित गायिका ज्योती मगर र रितिका कुँवरको तीज गीत “मितिनी” एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा मितिनीको सार्वजनिक गरिएको हो । ज्योति र रितिका स्कुले जीवनदेखि नै मितिनी हुन् ।

गायिका ज्योति मगरले पनि मैले केही गीतमा आफ्नो फरक प्रस्तुति दिएको छु । कहिँ कथाले माग्यो, कहिँ समयले माग्यो, कहिँ निर्देशकले मागे होला तर मैले सुरुवातदेखि नै मौलिक गीतहरु गाउँदै आएको छु । मैले गाएको मौलिक गीतको चर्चा नगर्ने थोरै अभिनयमा देखिएको ग्ल्यामरलाई मात्र चर्चा गरेर गाली गर्ने ? अब यस्तो नगर्नुस् मेरा मौलिक गीत हेरिदिनुस् भनिन् । गायिका ज्योति मगरको गुनासो सुनिसकेपछि सधैं आरोप र प्रत्यारोप खेप्ने गरेकी गायिका ज्योति मगरलाई ‘मितिनी’ गीतको भिडियो हेरिसकेपछि भने सबैले तारिफ गरे ।

गायिका रितिका कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानका उपाध्यक्ष दिपक खड्का, सचिव कृष्ण रेउले, रोयल्टी संकलन समाजका कार्यकारी सदस्य सुमन बैरागी, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन दिलिप पौडेलले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ती’ रहेका थिए ।

कार्यक्रममा अतिथिहरुले मितीनी गीतलाई सफलताको शुभकामना दिँदै मौलिक तीज गीत भएको भन्दै आगामी दिनमा पनि यस्तै गीतहरु निर्माण गर्न र छाडा गीतहरु नगर्न ज्योती मगरलाई सुझाव दिएका थिए । मितीनी गीतमा ज्योती मगर र रितिका कुँवरको स्वर रहेको छ । शरद पाण्डेको शब्द, संगीत रहेको छ भने योगेश काजीले संगीत संयोजन गरेका हुन् ।

मितिनीको म्यूजिक भिडियोको निर्देशन शंकर बिसीको रहेको छ । भिडियोको छायाँकन दुर्गा पौडेलले गरेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् । यस गीतलाई रिजान नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा ज्योती मगर र रितिका कुँवरको अभिनय रहेको छ ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...